Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


पल शाहविरुद्ध १२ देखि १४ वर्षको कैद सजाय माग गर्दै नवलपरासी अदालतमा बलात्कार मुद्दा दर्ता

एक्सन खबर
चैत, ३, २०७८


पल शाहविरुद्ध १२ देखि १४ वर्षको कैद सजाय माग गर्दै नवलपरासी अदालतमा बलात्कार मुद्दा दर्ता

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा बलात्कार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउँसो साढे तीन बजेतिर शाहविरुद्ध बलात्कार मुद्दा दर्ता गराएको हो ।   

१५ वर्ष ८ महिना चार दिनकी बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । गायिका समेत रहेकी बालिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिम कसुरदार ठहर गर्दै सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ । सोही अनुसारको सजाय माग दाबी गरिएको उनले बताए ।

त्यस्तै यौन हिंसा अध्यादेश २०७७ मा चार लाखसम्म जरिवाना हुनसक्ने उल्लेख छ । सोही अनुसार चार लाख रुपैयाँ क्षतिपूर्तिको समेत मागदाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता नेपालीले बताए ।

शाहलाई तनहुँबाट झिकाउने भन्ने अभियोगपत्रमा उल्लेख गरिएको छ । तनहुँबाट झिकाएपछि मात्र थुनछेक बयान सुरु हुने उनको भनाइ छ । नवलपसारीमा अनुसन्धानपछि शाहलाई तनहुँ लगिएको थियो ।













0 प्रतिकृया