आईसीसी क्रिकेट विश्वकप लिग-२: दोस्रो जितको दाउमा नेपाल
एक्सन खबर
काठमाडौं । पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध संघर्षपूर्ण जित निकालेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज दाेश्राे जितकाे खाेजिमा हुनेछ । नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई) काे सामना गर्दैछ ।
सारजाहमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल शृंखलामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो । यूएई समेत लगातार दोस्रो जित निकाल्ने योजनामा छ । उसले पहिलो खेलमा पीएनजीलाई नै ७ विकेटले पराजित गरेको थियो ।
हालसम्म नेपाल र यूएई एकदिवसीय अन्तर्राष्ट्रियमा चार पटक आमने-सामने भएका छन् । जसमा नेपाल र यूएई दुबैले समान २ पटक जित हात पारेका छन् । नेपाल ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंक जोड्दै छैटौं स्थानमा छ । युएई १५ खेलमा ८ मा जित र ५ मा हारसहित १८ अंकका साथ दोस्रो स्थानमा छ । युएईले नेपाललाई ६८ रनले हराउँदै टि२० विश्वकपमा पुगेको थियो ।
0 प्रतिकृया