Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


नोबेलका डाक्टरद्वारा माया घरमै पुगेर असहायहरुको निःशुल्क उपचार

एक्सन खबर
चैत, ४, २०७८


नोबेलका डाक्टरद्वारा माया घरमै पुगेर असहायहरुको निःशुल्क उपचार

सुनसरी । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका डाक्टरहरुले सुनसरीको इटहरी उप–महानगरपालिका–२ स्थित माया घरमा पुगेर त्यहाँ रहेका असहायहरुको निःशुल्क उपचार गरेका छन् । बिहिबार एक दिने स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरी माया घरमा आश्रीत व्यक्तिहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

सडक मानव, मानसिक रोगी लगायत असहायहरुलाई माया घरमा आश्रय दिएर राख्ने गरिएको छ । अहिले माया घरमा १०३ जना व्यक्तिहरु आश्रय लिएर बस्दै आएका छन् । उनीहरुको स्वास्थ्य परीक्षण गरिएको माया घरकी सचिव सुभद्रा प्याकुरेलले जानकारी दिइन् ।



स्वास्थ्य परीक्षणका लागि नोबेलबाट चार जना बिशेषज्ञ डाक्टरहरुको टोली गएको थियो । परीक्षणका क्रममा धेरैमा छालाको समस्या देखिएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले बताए । माया घरमा आश्रीतहरुलाई नोबेलले एक बर्षसम्म निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरी सम्झौतासमेत भएको छ ।

असहायहरुको उपचारका लागि नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा सकारात्मक बनेपछि एक बर्षसम्मका लागि अस्पतालले माया घरका आश्रीतहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरी सम्झौता गरेको हो । सोही बमोजिम उनीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको हो ।













0 प्रतिकृया