Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


मकवानपुरमा भ्यान दुर्घटना हुँदा चालकसहित १५ जना घाइते

एक्सन खबर


मकवानपुरमा भ्यान दुर्घटना हुँदा चालकसहित १५ जना घाइते

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–३ भञ्ज्याङ कालिखोलामा बिहीबार राति भ्यान दुर्घटनामा हुँदा चालक सहित १५ जना घाइते भएका छन् । घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका मकवानपुरको दम्की बस्ने बाबुराम उप्रेती, सोही स्थानमा तोप बहादुर ल्हो र शुसिल उप्रेती सहित १३ जनालाई उपचारको लागी काठमाडौंको स्वयम्भु स्थित मनमोहन अस्पताल पठाइएको छ ।

अन्य २ जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको छ । डाँडाबासबाट पालुङ तर्फ आउँदै गरेको प्रदेश २–०३–००१च ३३५३ नम्बरको भ्यान बिहीबार राति सवा ९ बजे सडकको भित्तामा ठोकिएको थियो ।













0 प्रतिकृया