मण्डनदेउपुर नगरपालिकामा भ्रष्टाचार भएकाे भन्दै अख्तियारद्वारा कागजात नियन्त्रणमा
एक्सन खबर
काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिकामा चरम भ्रष्टाचार देखिएको भन्दै अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले कागजात नियन्त्रणमा लिएकाे छ ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका काभ्रे जिल्ला अध्यक्षसमेत रहेका मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाईबाले योजनावद्ध रुपमा नगरपालिकामा भ्रष्टाचार भएकाे देखिएकाे छ ।
आयोगले भ्रष्टाचारको उजुरीपछि नगरपालिकालाई पत्र लेख्दै ९ प्रश्नको जवाफ मागेर कार्यालयको कागजात समेत नियन्त्रणमा लिएको छ । आयोगले २०७८ बैशाख २३ मा नगरको नाममा गोप्य पत्र लेख्दै नगर प्रमुखको छोरा सुरेश वाइबा प्रोपाईटर रहेको आरम्भ कन्सट्रक्सन प्रा.लि.लाई बिभिन्न निर्माण कार्य गर्न दिँदाको सबै कागजपत्र मागेको पाइएको छ ।
अख्तियारले विवरण मागेको धेरै अघि भएपनि गोप्यपत्र चाहिँ भर्खरै सार्वजनिक भएको छ । आयोगको पत्रमा योजना स्विकृती, विनियोजित बजेट, लागत अनुमान, खरिद प्रकियासँग सम्बन्धित कागजातहरु मागिएको छ ।
अख्तियारले अहिले देशभरका सबै स्थानीय तह खासगरी नगरपालिकाले गरेका विकास निर्माणका ठेक्कापट्टा, टेणडर तथा खरिदका सबै कामको छानविन गरिरहेको छ ।
0 प्रतिकृया