फरलोरिडामा वर्षाको विकिनी पोज
एक्सन खबर
काठमाडौं । नायिका वर्षा शिवाकोटी यतिबेला अमेरिकाको फ्लोरिडामा छिन् । फ्लोरिडाको समुन्द्री किनारामा वर्षाले विकिनी पोजमा फोटो खिचाएपछि सामाजिक सञ्जाल तातिएको छ ।
आफ्नो इन्टाग्राम र फेवुकमा हरियो रंगको विकिनी लगाएर खिचेको तस्वीर अपलोड गरेसँगै वर्षालाई ताली र गाली दुवै आएको छ । कतिपय वर्षाका फ्यानहरुले विकिनी पोजलाई मनपराएका छन् । भने, कतिपयले भद्र र शालिन नायिकाको छवी बनाएकी वर्षाको विकिनी पोजलाई रुचाएका छैनन् ।
वर्षाको फेसवुक पेजमा आशा बस्नेतले बर्षालाई फर्मल ड्रेसमा देखिइरहेको बताउँदै विकिनी पोज नसुहाएको बताएकी छन् । कुमार श्रेष्ठले एमसीसीको करामत हाम्रो कलाकारहरुलाई पनि लागेछ भन्दै एमसीसीको विरुद्धमा नेपालको झण्डा किन नबोकेको बल्ल थाहा भयो भन्दै कमेन्ट गरेका छन् ।
0 प्रतिकृया