Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


उपकुलपतिलाई सिध्याउने, शिक्षाध्यक्ष र अस्पताल निर्देशकलाई सुनपानी छर्कने

एक्सन खबर
चैत, ७, २०७८


उपकुलपतिलाई सिध्याउने, शिक्षाध्यक्ष र अस्पताल निर्देशकलाई सुनपानी छर्कने

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट चैत्र २० गते प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बस्ने सिनेटले प्रतिष्ठानका पदाधिकारीहरुलाई कारवाही गर्ने बताइएको छ ।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल, अस्पताल निर्देशक प्रा.डा. गौरिशंकर शाहले पदीय दायित्व निर्वाह नगरेको, प्रतिष्ठानको ऐन नियम विपरित कार्य गरेकोले उनीहरुलाई पदबाट बर्खास्त गरी कारवाही समेत गर्ने गरी सिनेट बोलाइएको हो ।

प्रतिष्ठान ऐन २०४९ को दफा ११ (घ) को उपदफा १ बमोजिम प्रतिष्ठानका कुलपति एवं सम्माननीय प्रधानमन्त्रीबाट प्रतिष्ठानको सहकुलपतिको अध्यक्षतामा गठित छानविन समितिबाट छानविन गरी प्रतिष्ठानका कुलपति एवं सम्मानीय प्रधानमन्त्रीज्यूसमक्ष प्रतिवेदन कार्यान्वयनका सम्बन्धमा सोही ऐनको दफा ११(घ) को उपदफा ३ बमोजिम निर्णय गर्न सञ्चालक परिषद् (सिनेट) को बैठक बोलाइएको पत्रमा उल्लेख छ ।

स्वास्थ्यमन्त्री एवं सहकुलपति खतिवडाले छानबिन प्रतिवेदनमा औँल्याइएका विषयप्रति कुनै भनाई÷स्पष्टीकरण भए बैठकमा उपस्थित हुँदा लिखित रुपमा पेश गर्न समेत पदाधिकारीहरुलाई अनुरोध गरिएको छ ।

२३ सदस्यीय प्रतिष्ठानको सिनेटमा हाल १८ जना सदस्य मात्र रहेका छन् । स्वास्थ्यमन्त्री तथा सहकुलपतिले पूर्वउपकुलपतिबाट एक जना सिनेट सदस्य नियुक्त गर्न पाउने अधिकार छ । जसअनुसार १९ सदस्यीय सिनेटले उपकुलपति सहित अस्पताल निर्देशक र शिक्षाध्यक्षलाई हटाउन सक्छ । तर, उपकुलपति डा. गिरीलाई एक्ल्याएर दुई पदाधिकारीलाई जोगाउने रणनीति बनाइएको प्रतिष्ठान श्रोत बताउँछ । ‘प्रतिष्ठानको उपकुलपतिका विरुद्ध हस्ताक्षर गर्न अस्पताल निर्देशक र शिक्षाध्यक्ष राजी भएका छन् । उनीहरुको कार्यकाल पनि सकिने बेला भएको तथा सिनेटमा बहुमत जुटाउनका लागि त्यसो गरिएको हो ।’ श्रोत भन्छ ।

त्यसो त प्रतिष्ठानमा भएका भ्रष्टाचार, अनियमिततामा अस्पताल निर्देशकको महत्वपूर्ण भूमिका रहेको छ । तर, उनलाई सत्तारुढ नेपाली कांग्रेसकै मान्छे भएकाले जतिसुकै गलत गरेपनि ‘सुनपानी छर्कने’ अर्थात चोख्याउने रणनीति बनाइएको छ । शिक्षाध्यक्ष डा. गुरु खनाल निमित्त उपकुलपति भएको बेला कोरोना अस्पताल निर्माणमा सप्लायर्सबाट मोटो कमिसन खाएको आरोप भएपनि उनलाई पनि सिनेटले निर्दोष करार गर्दै ‘सुनपानी छर्कने’ योजना छ । शिक्षाध्यक्ष खनाल माओवादी केन्द्रका हुन् ।

उपकुलपति डा. गिरीलाई नेकपाको सरकार भएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका थिए । ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भानुभक्त ढकाललाई चुनावमा सामदाम दण्डभेद सबै प्रकारको सहयोग गर्दै डा. शेखर कोइराला, डा. सुनिल शर्मालगायत कांग्रेसीलाई गालीगलौज गरेकैले वीपी प्रतिष्ठानको उपकुलपति बनाइएको थियो ।

२३ सदस्यीय प्रतिष्ठानको सिनेटमा प्रधानमन्त्री कुलपति, स्वास्थ्यमन्त्री सहकुलपति तथा सिनेट अध्यक्ष, राष्ट्रिय योजना आयोगका प्रमुख, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका कुलपति, शिक्षा, स्वास्थ्य र अर्थमन्त्रालयका सचिवहरु, चिकित्सा शाष्त्र अध्ययन संस्थानकी डीन, नेपाल स्वास्थ्य अनुसन्धान प्रतिष्ठानका अध्यक्ष, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष, प्रतिष्ठानका शिक्षकहरु, धरान उपमहानगरपालिकाका मेयर तथा चार जना पदाधिकारी सदस्य रहेका छन् ।
चार पदाधिकारी मध्ये रजिष्ट्रार पद खाली रहेको छ ।













0 प्रतिकृया