Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


कांग्रेस नेता कटवालको निधनमा तीन दिनसम्म शोक

एक्सन खबर
चैत, ८, २०७८


कांग्रेस नेता कटवालको निधनमा तीन दिनसम्म शोक

धरान । नेपाली कांग्रेसका नेता तथा समाजसेवी धनबहादुर कटवालको निधन भएको छ । पञ्चायतकालदेखि नेपाली कांग्रेसमा आवद्ध हुँदै साविक पाँचकन्या गाउँ पञ्चायतको अध्यक्षका प्रत्यासी समेत भएका  स्व. कटवाल प्रजातन्त्रको पुर्नवहाली पछिपनि साविक पाँचकन्या गा.वि.स.को अध्यक्षका प्रत्यासी भएका थिए ।

लामो समयसम्म पाँचकन्या गा.वि.स.को पार्टी सभापति रही कार्य गरेका उनी धरान नगरमा पाँचकन्या गा.वि.स. गाभिए पछि पार्टीको क्षेत्रीय उपसभापति रहेका थिए । पछि राज्यको पुर्नसंरचना पछि प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) का सभापति समेत भएका थिए । पार्टीको विभिन्न तहका जिम्मेवारी र नेतृत्व गर्दै राजनीतिक र सामाजिक छवि बनाएका कटवालको ६५ वर्षको उमेरमा निधन भएको हो ।

उनी लामो समयदेखि पेटको क्यान्सर रोगबाट ग्रसित थिए । उनको निधनमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले दुःख व्यक्त गर्नुका साथै पार्टी र समाजलाई अपुरणीय क्षति पुगेको जनाएको छ ।

स्व. कटवालको निधनमा ३ दिनसम्म कुनैपनि औपचाारिक कार्यक्रम नगर्ने र क्षेत्र नं. १ अन्तर्गतका पार्टीका सबै तहका कार्यालयहरुमा उक्त अवधिभर आधा झण्डा झुकाइने क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए ।

उनको पार्थिव शरीरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश नं. १ का संसदीय दलका नेता राजीव कोइराला, जिल्ला सभापति केदार भण्डारी, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, जिल्ला सचिव माधव घिसिङ, धरान नगर प्रमुख तथा महासमिति सदस्य तिलक राई, प्रदेशसभा निर्वाचन क्षेत्र सभापतिद्धय अनिल श्रेष्ठ, मुरारी भट्टराई, धरान नगर सभापति श्याम पोखरेल लगायतले पार्टीको झण्डा ओढाई श्रद्धान्जली अर्पण गरेका थिए ।













0 प्रतिकृया