माओवादी केन्द्र धरानमा मनोज भट्टराई विजयी
एक्सन खबर
सुनसरी । नेकपा माओवादी केन्द्र धरान उपमहानगर समितिको अध्यक्षमा धरान १७ का वडाध्यक्ष समेत रहेका सुर्यबहादुर भट्टराई (मनोज) निवार्चित भएका छन् । हिजाे (सोमबार) भएको निर्वाचनले अध्यक्षमा भट्टराईसहित पदाधिकारीहरु निवार्चित गरेको छ ।
अध्यक्षमा विजयी भट्टराईले ३५ मत पाउँदा उनका निकटतम प्रतिद्धन्दी उद्धवबहादुर लिम्बुले ३० मत पाए । अध्यक्षका अर्का उम्मेदवार सिपी बजगाईँले २ मत मात्र पाएका छन् । निर्वाचनमा ७५ मत खसेकोमा ७१ मत सदर भएको मुख्य निर्वाचन अधिकृत केशव घिमिरले जानकारी दिए ।
खुला उपाध्यक्षतर्फ सर्वजित राईले सर्वाधिक ४७ मत पाएर विजयी हुँदा सम्फर तामाङ पनि ३२ मत पाउदै विजयी भए । उपाध्यक्षका दुई उम्मेदवार दिलकुमार श्रेङ र विष्णु पुमा राईले २४ र १६ मत पाए । सचिव पदमा विदुर महत ३६ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्धन्दी चेतना श्रेङले ३० मत मात्र पाइन् ।
नगर कमिटीकाे महिला उपाध्यक्षमा मनिता जाइका राई, सहसचिवमा खेम रनपहेली र कोषाध्यक्ष लिलाबहादुर प्रधान निर्विरोध निवार्चित भएका थिए । माओवादी केन्द्रको नगर सम्मेलन गत पुष ९ गते हुँदा उक्त सम्मेलनले ८१ सदस्यीय नगर कमिटी चयन गरेपनि पदाधिकारीहरु चयन गर्न सकेकाे थिएन ।
0 प्रतिकृया