Follow us:


Follow us

१६ वैशाख २०८३, बुधवार
१६ वैशाख २०८३, बुधवार


धरानमा सुकुम्बासीकाे घर टहरा हटाउने निर्णयको विरोध

एक्सन खबर
चैत, ८, २०७८


धरानमा सुकुम्बासीकाे घर टहरा हटाउने निर्णयको विरोध

सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) ले धरानका सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका भूमिहिनहरुलाई २०७२ सालको मापदण्ड कायम गरेर उठिबास लगाउने निर्णय गरिएकोमा त्यस विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएकाे छ ।

मंगलवार पत्रकार सम्मेलन गर्दै उक्त पार्टीका धरान उपमहानगर सेक्रेटरी सुवास राईले सुकुम्बासीहरूलाई हटाउन खाेजिएकाेमा विराेध जनाएकाे हाे । धरान स्थित राजनीतिक दलहरुको सहमतिमा सुनसरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुखहरु र उपमहानगरपालिका मेयर, उपमेयरको उपस्थितिमा गएको महिना बसेको एक सर्वपक्षिय बैठकले २०७२ साल यता अनाधिकृत रुपमा बनेका घर टहरा हटाउने निर्णय गरेकोमा विप्लव समुहले विराेध जनाएकाे हाे ।

उक्त निर्णय अनुसार धरान वडा ११ र १७ मा बसेका नयाँ बस्तीका सुकुम्बासीलाई जग्गा खाली गर्न सूचना समेत जारी गरिसकेको छ ।
उक्त निर्णय विरुद्ध भूमिहिन सुकुम्बासीहरुले उच्च अदालत विराटनगरमा मुद्धा दायर गरेका छन् । धरान स्थित प्रायः सबै राजनैतिक दल सहित उपमहानगरपालिका, जिल्ला प्रशासन, सुरक्षा निकायलाई विपक्षी बनाई दायर मुद्धा सुनवाईको क्रममा छ ।

कतिपय पार्टीका पदाधिकारी समेतको नाम उल्लेख गरी दायर गरिएको उक्त मुद्धामा विपक्षी झिकाउन उच्च अदालतले म्याद जारी गरेको छ ।

यसैविच विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले सुकुम्बासीहरुको नयाँ बसोबास हटाउने निर्णयका बारेमा आधिकारीक धारणा सार्वजनिक गरेको हो । ‘धरान उपमहानगरपालिका वडा नं. ११ र १७ का नमुना सुन्दर बस्तीमा रहेको एक हजार भन्दा बढी घरपरिवार बसोबास गरेको २०७२ सालभन्दा यताका बस्तीलाई उठाउने निर्णय गरी बस्ती खाली गर्न उर्दी जारी गरेको पाइएको छ । नागरिकको मौलिक हक हनन गर्दै उक्त बस्तीका गरिव सुकुम्बासीहरुलाई उठिबास लगाउने दलाल संसदीय व्यवस्थाका स्थानीय सरकार र यस कार्यमा संलग्न राजनीतिक दलको जनविरोधी हर्कतप्रति हाम्रो पार्टी घोर विरोध तथा आपत्ति व्यक्त गर्दछ ।’ विप्लव समुहले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ ।

राजनीतिक दलहरु, उपमहानगरपालिका, प्रशासन सहित सुरक्षा निकायबाट २०७२ सालको मापदण्ड कायम गरी भएको निर्णय गरिब दुःखी जनताको घरबास नै उठिवास गराउने गैरजिम्मेवार निर्णय भएको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्न माग गर्दै विज्ञप्तीमा भनिएको छ ‘यो कदम नसचिए हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीले गरिब, सुकुम्बासी बस्तीको पक्षमा जस्तोसुकै कडा आन्दोलन र संघर्षका अभियान छेड्न तयार रहेको र त्यसबाट सिर्जना हुने परिस्थिति र क्षतिको जिम्मेवारी धरान उपमहानगरपालिका र सम्बन्धित राजनैतिक दलले लिनुपर्ने यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछ ।’

विज्ञप्तिको पूर्णपाठ

इतिहासको विभिन्न कालखण्डमा नेपाल राष्ट्रको स्वाधीनता र आम नागरिकको मुक्ति समानताका लागि नेपाली जनताले कुनै न कुनै तवरले संघर्ष गर्दै आइरहेको कुरा स्पष्ट जनाको बलिदानी, रगत पसिना र आँसुले ल्याएको परिवर्तित संसदीय व्यवस्था आज लाजवादी व्या पतन भइसकेको छ। यसका विरुद्धमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी निरन्तर संघर्ष गर्दै आइरहेको सवैमा सर्वविदितै छ ।

वर्तमान दलाल संसदीय व्यवस्था, यसका पक्षधर राजनीतिक दलहरु र उनीहरुको सनाले नेपाली जनता र राष्ट्रको हित गर्न सक्दैन बरु देशका ओत साधनदेखि नै विदेशी शक्तिराष्ट्रलाई बुझाउन र जनतालाई विभिन्न बहानामा लुट्ने र उठियास लगाउने कार्य गरिरहेको छ । जनताको भोट लिएर सताम्ब पुगेपछि सर्वसाधारण गरिब जनतालाई दुःख दिने कार्य यो आवस्थाका पक्षधर राजनीतिक दलहरू र यौ व्यवस्थाको नियत नै बनिसकेको छ ।

आज सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं. ११ र १७ का नमुना सुन्दर बस्तीमा रहेको एक हजारभन्दा बढी घरपरिवारमाथि स्थानीय सरकार धरान उपमहानगरपालिका र संसदीय राजनीतिक दलहरुको हस्ताक्षरमा उक्त बस्तीको २०७२ सालभन्दा यताका बस्तीलाई उठाउने निर्णय गरी बस्ती खाली गर्न उदी जारी गरेको पाइएको छ ।

नागरिकको मौलिक हक हनन गर्दै उक्त बस्तीका गरिव सुकुम्बासीहरुलाई उठिबास लगाउने दलाल संसदीय व्यवस्थाका स्थानीय सरकार र यस कार्यमा संलग्न राजनीतिक दलको जनविरोधी हर्कतप्रति हाम्रो पार्टी घोर विरोध तथा आपत्ति व्यक्त गर्दछ ।

गरिब दुःखी जनताको घरबास नै उठिवास गराउने यस्तो गैरजिम्मेवार निर्णय एवमे कार्य तत्काल रोकियोस्। यदि यो कदम नसचिए हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीले गरिव, सुकुम्बासी बस्तीको पक्षमा जस्तोसुकै कडा आन्दोलन र संघर्षका अभियान छेड्न तयार रहेको र त्यसबाट सिर्जना हुने परिस्थिति र क्षतिको जिम्मेवारी धरान उपमहानगरपालिका र सम्बन्धित राजनैतिक दलले लिनुपर्ने यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछ ।













0 प्रतिकृया