Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

एक्सन खबर
चैत, १०, २०७८


सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–६ चोभारस्थित सडकमा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बा.९२ प २३१ नम्बरको मोटरसाइकललाई ना.१ ज ६३५४ नम्बरको टाटा सुमोले बुधबार ठक्कर दिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा मोटरसाइकल चालक नागार्जुन नगरपालिका–६ बस्ने २८ वर्षीय समिर गिरी र मोटरसाइकलमा सवार कलंकी बस्ने नविन्द्र नाम गरेका थर नखुलेका करिब ३० वर्षीय पुरुष रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।













0 प्रतिकृया