Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


पल शाहलाई थुनामा पठाउन जिल्ला अदालत तनहुँको आदेश, म्यानेजर एक लाख धराैटीमा रिहा

एक्सन खबर
चैत, १०, २०७८


पल शाहलाई थुनामा पठाउन जिल्ला अदालत तनहुँको आदेश, म्यानेजर एक लाख धराैटीमा रिहा

विनोद ढुंगाना

पोखरा । नाबालिक किशोरीसँग अवैध सम्बन्ध राखेको आरोपमा नायक पल शाहलाई थुनामा पठाउन जिल्ला अदालत तनहुँले आदेश दिएको छ । बुधबार र बिहीबार भएको थुनछेक बहसपछि जिल्ला अदालत तनहुँले शाहलाई जेल चलान गर्न आदेश दिएको हो ।

एक नाबालिका गायिकालाई विवाह गर्ने प्रलोभनमा पारेर पटक–पटक शारीरिक सम्बन्ध राखेको भन्दै पलविरूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो ।

शाहका म्यानेजर कृष्णप्रसाद जोशी पनि मतियारको रूपमा संलग्न भई दोषी किटान भएका छन् । जोशीलाई एक लाख धरौटीमा साधारण तारेखमा रिहा गरिएको छ । जोशीले मतियारको भूमिका खेलेको आरोपमा मुख्य कसुरदारको आधा सजायको मागदाबी गर्दै मुद्दा दायर भएको थियो ।

पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए । पल विरुद्ध फागुन ११ गते नाबालिका गायीकाले तनहुँ प्रहरीमा उजुरी गरेकी थिइन् ।















0 प्रतिकृया