Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


काठमाडौंको महादेव स्थानमा केएमसीको स्वास्थ्य शिविर

एक्सन खबर
चैत, १२, २०७८


काठमाडौंको महादेव स्थानमा केएमसीको स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौं महानगरपालिका–३५ स्थित महादेव स्थानमा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । जीवन्त फर्मा केयर एण्ड प्रा.लि.सँगको सहकार्यमा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

फर्मा परिषरमा सञ्चालन भएको शिविरमा केएमसीका डाक्टरहरुले ९६३ जना बिरामीको स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा १९३ जनाको भिडियो एक्सरे, १२१ जनाको ल्याव टेस्ट र ८७ जनाको मुटुको जाँच गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

जेनेरल मेनेजर दाहालका अनुसार दाँतको समस्या भएर शिविरमा आएका १८ जनाको दाँत फुकालिएको छ भने जटिल प्रकृतिको समस्या भएर शिविरमा उपचार सम्भव नभएका २९ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।

केएमसीले बिहीवार डल्लेचौरमा शिविर सञ्चालन गरेर ७२१ जना बिरामीको निःशुल्क उपचार गरेको थियो । केएमसी अध्यक्षको जिम्मेवारी सम्हाल्न पूर्वको प्रतिष्ठित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.सुनिल शर्माको प्रवेश भएसँगै केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको छ ।
















0 प्रतिकृया