नेकको एमएस्सी कन्ट्रक्सन म्यानेजमेन्टमा पहिलो चरणमै विद्यार्थी भर्ना
एक्सन खबर
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) को एमएस्सी कन्ट्रक्सन म्यानेजमेन्ट कार्यक्रममा पहिलो चरणमै सबै सिटहरु भरिएका छन् । पोखरा विश्वविद्यालयले निकालेको मेरिट लिष्ट र विद्यार्थीले कलेजमा दिएको आवेदन अनुसार सबै सिटमा विद्यार्थीहरु भर्ना भएका हुन् ।
कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठका अनुसार ३० सिटको एमएस्सी कन्ट्रक्सन म्यानेजमेन्टमा पहिलो चरणमै सबै सिटमा विद्यार्थी भर्ना भएका हुन् । भर्ना भएकाहरु पनि विश्वविद्यालयले निकालेको उत्कृष्ट ४८ विद्यार्थीको लिस्टको टपमा परेकाहरु छन् ।
‘मास्टर्स कार्यक्रममा पोखरा विश्वविद्यालयले केन्द्रीय परीक्षा लिएर ओभरल मेरिट लिष्ट निकाल्छ । हामीसँग रहेको २७ सिटमा विश्वविद्यालयको उत्कृष्ट ४८ मा रहेका टप विद्यार्थीहरु भर्ना भए ।’ प्रिन्सिपल श्रेष्ठले भने । बाँकी ३ सिटमा विश्वविद्यालयको छात्रबृत्ति अन्तरगत विद्यार्थी अध्ययनका लागि आउने छन् ।
विश्वविद्यालयले निकालेको मेरिट लिष्टमा परेका सिनियरहरूको पहिलो रोजाई नै नेक रहने गरेको छ । त्यसो त पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित कलेजहरुमा नेकको गुणस्तर पहिलो नम्बरमा आउने गरेको छ । कलेजले चलाएको ४ वटा कार्यक्रम मध्ये एमएस्सी कन्ट्रन्सन मेनेजमेन्टमा वर्षको २ पटक भर्ना लिइन्छ । अन्य ३ वटा कार्यक्रममा वर्षको १ पटक मात्र भर्ना लिइन्छ ।
नेकको शैक्षिक गुणस्तर स्तरीय हुनुकै कारण विद्यार्थीहरुको पहिलो रोजाईमा परेको हो । नेकका कुनैपनि शैक्षिक कार्यक्रममा विद्यार्थीहरुको घुँईचो लाग्दछ । पोखरा विश्वविद्यालयकै आंगिक क्याम्पसमा भर्ना हुन विद्यार्थीहरुको रुची कम हुन्छ । तर, सामाजिक शैक्षिक संस्थाका रुपमा त्यही विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित नेकमा कुनैपनि सेमेष्टर विद्यार्थी पुगेनन् भन्नु परेको छैन । विश्वविद्यालयको शैक्षिक उन्नयनमा समेत नेकको भूमिका प्रभावकारी छ ।
नेकको कुनैपनि शैक्षिक कार्यक्रममा अनुभवी शिक्षक शिक्षिकाहरु पूर्णकालिन रुपमा रहेका छन् । मास्टर्स कार्यक्रममा त नेकमा जत्तिको अनुभवी शिक्षकहरु अन्यत्र पाइँदैन । ‘हामी कहाँ सबै विषयमा पूर्णकालिन शिक्षकहरु रहेका छन् । नियमित कक्षा हुन्छ । विद्यार्थी आएको नआएको हाजिर गर्छौं, नियमित असाइनमेन्ट हुन्छ ।’ प्रिन्सिपल श्रेष्ठ भन्छन्–‘पठनपाठनमा अहिलेसम्म कुनै कम्प्रोमाइज नगरेकाले पनि गुणस्तर कायम गर्न सफल भएका हौं ।’
पछिल्लो समय कतिपय कलेजहरुले पार्ट टाइम शिक्षक शिक्षिकाहरु राख्ने गरेका छन् । यस्ता शिक्षकहरुलाई ‘हेल्मेट टिचर’ पनि भन्ने गरिन्छ । ‘हेल्मेट टिचर’ भएका कलेजहरुमा क्रेडिट आवर पुरा गराउने नियतले लगातार आठ घण्टासम्म एउटै विषय पढाएर एक हप्तामै कोर्ष पुरा गर्ने प्रचलन पनि छ । कतिपय शिक्षकले विद्यार्थी चिन्दैनन्, विद्यार्थीले शिक्षक चिन्दैनन् । जब विद्यार्थी र शिक्षकले एक अर्कालाई चिन्ने वातावरण हुँदैन त्यहाँको पढाई गुणस्तरीय हुन्छ भन्ने कल्पना पनि गर्न सकिन्न ।
तर, नेकमा पढ्ने विद्यार्थीहरु शिक्षकको पेलाई र असाइनमेन्टबाट पढाई वाहेक अन्य अनावश्यक कुरामा ध्यान दिनै पाउँदैनन् । ‘हाम्रा शिक्षकहरु विद्यार्थीले भन्दाबढी पढाईमा फोकस गर्नुहुन्छ । यसले विद्यार्थीमा मेहनत गर्नुपर्छ भन्ने भावना जागृत हुन्छ । यहाँबाट उच्च शिक्षा हासिल गरेर गएका विद्यार्थीहरुले भविष्यमा नेपाल इन्जिनियरिङ कलेजमा पढेको भन्ने वित्तिकै जागिर पाउँछ ।’ पिन्सिपल श्रेष्ठको दावी छ ।
सन् १९९४ मा आम सर्वसाधारणका छोराछोरीलाई सर्वसुलभ रुपमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित यस कलेजले अहिलेसम्म इन्जिनियरिङ विधाका विभिन्न विषयमा हज्जारौं दक्ष जनशक्ति उत्पादन गरिसकेको छ ।
0 प्रतिकृया