Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


उदयपुरमा सवारी दुर्घटनामा एकको मृत्यु, १६ जना घाइते

एक्सन खबर
चैत, १३, २०७८


उदयपुरमा सवारी दुर्घटनामा एकको मृत्यु, १६ जना घाइते

उदयपुर । उदयपुरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । चौदण्डीगढी नगरपालिका–६ बेल्टार बजारका ६५ वर्षीय डण्डीराज तिम्सिनाको मृत्यु भएको हो ।

मदन भण्डारी लोकमार्गअन्तर्गत गाईघाट बेल्टार सडक खण्डको चौदण्डीगढी नगरपालिका–१० देबधारमा गाईघाटबाट बेल्टार जाँदै गरेको स१ह ३१९२ नम्बरको अटोलाई विपरीत दिसाबाट आएको सवारी साधनले ठक्कर दिँदा घाइते भएको ६५ वर्षीय तिम्सिनाको नगर अस्पताल बेल्टारमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्करबाट अटो चालक सहित त्यसमा सवार तीनै जनाको घाइते भएका थिए । अटोमा सवार चौदण्डीगढी नगरपालिका–७ बेल्टारका ३४ वर्षीय विनोद कार्की र चालक चौदण्डीगढी नगरपालिका–२ झोडापाटाका ४८ वर्षीय शिवराज कटुवाल घाइते भएका छन् ।

घाइते दुवै जना गम्भीर रहेकाले र उनीहरूलाई न्युरो हस्पिटल विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । दुर्घटना गराएको आशंका प्रहरीले दुई वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

त्यसैगरी सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी बेतिनी खण्डको सडकमा पर्ने कटारी नगरपालिका–११ हर्देनीमा ओखलढुंगाबाट कटारी आउँदै गरेको प्रदेश १–०७–००१ ज ००११ नम्बरको फोर्स जिप अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार १४ जना घाइते भएका छन् ।

सडकबाट करिब पाँच सय मिटर तल खस्दा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएका छन् ।













0 प्रतिकृया