Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


काभ्रेको कास्कोटे बाघदेवीमा केएमसीका डाक्टरले गरे ११ सय बिरामीको निःशुल्क उपचार

एक्सन खबर
चैत, १३, २०७८


काभ्रेको कास्कोटे बाघदेवीमा केएमसीका डाक्टरले गरे ११ सय बिरामीको निःशुल्क उपचार

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका–१२ स्थित कास्कोटे बाघदेवीमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्थानीय सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

बाघदेवी मन्दिर परिषरमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले ११७२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा २३३ जनाको रक्त परीक्षण, १९४ जनाको भिडियो एक्सरे र १२३ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार दाँतमा समस्या भएका २९ जनाको दाँतसमेत खोलिएको छ । त्यस्तै शिविरमा उपचार सम्भव नभएका ४४ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

केएमसी अध्यक्षको रुपमा डा.सुनिल शर्माको प्रवेश भएसँगै गतबर्षदेखि केएमसीले विभिन्न जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गरेर हजारौं बिरामीको निःशुल्क उपचार गरिरहेको छ ।













0 प्रतिकृया