सुनसरी १ का सबै स्थानीय तह जित्ने गरी कांग्रेसको अभियान जारी
एक्सन खबर
धरान । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले गत फागुन १ गतेदेखि वडावडामा सञ्चालन गर्दै आएको पार्टी संगठन सशक्तिकरण र सुदृढिकरण अभियान जारी छ । यसैसिलसिलामा धरानको वडा नं. ४, ५ र ११ मा पनि सम्पन्न भएको छ ।
कार्यक्रममा क्षेत्रीय सभापति सुजेन्द्र तामाङले पार्टी संगठनको सशक्तिकरण र सुदृढिकरण अभियान मार्फत कांग्रेस जनजनमा जागरण ल्याउन र संगठन विस्तारमा टेवा पुर्याउने उद्देश्यले अभियान वडागतरुपमा सञ्चालन गरिएको बताए । उनले संगठनलाई मर्यादित, अनुशासित बनाउने तथा जनता र कार्यकर्ताप्रति पार्टीका स्थानीय नेतृत्वलाई जवाफदेही र उत्तरदायी बनाउँदै जनअपेक्षा र कार्यकर्ताको भावना बमोजिम पार्टी गतिविधि गर्दै संगठनलाई विस्तार गर्न र चुस्तदूरुस्त राख्न अभियानले सहयोग पुग्ने विश्वास लिएको बताए ।
महासमिति सदस्य सुवास राईले २१ बुँदे पार्टी सशक्तिकरण र सुदृढिकरण अभियानलाई अक्षरसः पालना र कार्यान्वयन गरिएमा साँच्चिकै संगठन मजबुद हुने बताउँदै अभियानलाई निरन्तरता दिनुपर्ने बताए । उनले सभापति तामाङले महाधिवेशनमा भएको प्रतिष्पर्धालाई भुलेर सबैलाई समेटी आफुले त्याग समेत गरेर महासमिति सदस्य चयन गरेको र क्षेत्रीय समितिमा सदस्यहरु मनोनित गरेको भन्दै प्रशंसा गरे । यसपटक सबै वडा र नगरमा निर्वाचन जित्नेगरी सकृय हुन वडाका अगुवा नेता कार्यकर्ताहरुलाई उनले आग्रह गरे ।
महासमिति सदस्य ममता तामाङले पार्टी अधिवेशनमा भएको प्रतिष्पर्धा आन्तरिक र स्वभाभिक भएको भन्दै अब सबै एक ढिक्का भएर लाग्नुपर्ने बताइन । क्षेत्रीय सचिव महेन्द्र प्रधानले हार्ने होइन जित्ने मनिस्थिति लिएर उच्च मनोवलका साथ अघि बढ्नुपर्ने बताए । त्यसैगरी अर्का क्षेत्रीय सचिव केशव पुरीले कम्युनिष्टहरुको चरित्र नै ढाँट र छलको हुने भन्दै जनतालाई उनीहरुको षड्यन्त्रमा पर्न नदिन संगठन सक्षम हुनुपर्ने बताए ।
प्रदेशसभा निर्वाचन क्षेत्र १(२) का सभापति मुरारी भट्टराईले पार्टीका नेता तथा कार्यकर्ताहरुको आचरण र चरित्र सामाजिक एवम् राजनीतिकका साथसाथै नैतिकवान र अनुशासित हुनुपर्ने बताए ।
वडा नं. ४ मा क्षेत्रीय सदस्य दिपक लिम्वु, क्षेत्रीय सदस्य सम्राट क्षेत्री, वडा सभापति तिलक राई, क्षेत्रीय प्रतिनिधि उमेश चाम्लिङ, क्षेत्रीय प्रतिनिधि संजय वान्तावा, वडा सचिव गणेश बजगाईले विचार राख्दै भौगोलिक, सामाजिक, आर्थिक र पूर्वाधार विकासका हिसावले ४ नं. वडा अन्य वडा भन्दा कम्जोर रहेकाले पार्टीले सोही अनुसारको नीति र कार्यक्रम अख्तियार गर्नुपर्ने बताए ।
वडा नं. ११ मा प्रदेशसभा निर्वाचन क्षेत्र १(२) का कोषाध्यक्ष हरि थापा, नगर कोषाध्यक्ष पञ्चकला राई, वडा सभापति लोकेन्द्र फागो, नगर सल्लाहकार एवम् वरिष्ठ वडा सदस्य अरुण कटवाल, क्षेत्रीय प्रतिनिधि प्रेमचन्द्र राई, वडा सदस्य हर्कराज राईले क्षेत्रीय समितिको संगठन सशक्तिकरण र सुदृढिकरणको अभियान समय सापेक्ष र सान्दर्भिक भएको र यसले वडावडाका जागरण र एकता ल्याएको भन्दै खानेपानी समस्या समाधान गर्नुपर्ने, एमसीसी माथि भएको भ्रम चिर्नुपर्ने, सहमति र सहकार्य गरेर पार्टी सञ्चालन गर्नुपर्ने, प्रतिवद्धता र सहमतिवाट पछि हट्न नहुने, गुट उपगुटको राजनीति अन्त्य हुनुपर्ने, महिला सहभागितालाई प्राथमिकता दिनुपर्ने लगायतको विचार व्यक्त गरे ।
यता वडा नं. ५ मा नगर उपसभापति तथा ५ नं. वडा अध्यक्ष सन्तोष लिम्वुले क्षेत्रीय नेतृत्वले पार्टी सशक्तिकरण कार्यक्रम लिएर वडावडामा आएकोमा खुशी व्यक्त गर्दै ५ नं. वडामा नेपाली कांग्रेसवाट आफु लगायतका साथीहरु निर्वाचित भएपछि सिमिति श्रोत र साधनका बाबजुद विकासमा ठ्लो फड्को मारेको बताए । वडा सभापति कुमार देवानले वडा कार्यसमितिले १४औं महाधिवेशन पश्चात गरेका कार्यहरुको प्रतिवेदन बुझाउंदै यस्ता कार्यक्रमहरु भईरहनुपर्ने बताए ।
रमाइलो टोल समिति सभापति राजकुमार लिम्वु र सदस्य चन्द्र योङहाङले टोलवासीहरुले खानेपानी र वाटोघाटोको समस्या झेलिरहेको बताए । उनीहरुले यस टोलमा धेरै वर्षपछि रमाइलो मार्गमा विजुली बत्ति आएको र ड्रेन बनेको बताउँदै अब कालोपत्रे गरिनुपर्ने र पर्याप्त शुद्ध खानेपानीको व्यवस्था गरिनुपर्ने बताए ।
यसअघि सुनसरी क्षेत्र नं. १, अन्तर्गत पर्ने रामधुनी नगरपालिकाको वडा नं. ७ वाट शुरुवात भएको अभियान बराहक्षेत्र नगरपालिकाको वडा नं. ३, ४ र ५ तथा धरान उपमहानगरपालिकाको वडा नं. ६, ७, ८, ९, १०, १४, १५, १६, १७, १८, १९ र २० मा सम्पन्न भईसकेको छ ।
0 प्रतिकृया