Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


दुहवी ११ र १२ मा नेकपा एमालेको वडा कार्यालय स्थापना

एक्सन खबर
चैत, १५, २०७८


दुहवी ११ र १२ मा नेकपा एमालेको वडा कार्यालय स्थापना

सुनसरी । सुनसरी क्षेत्र नं. ३ मा नेकपा एमालेले चुनाबी अभियान, संगठन निर्माण, विस्तार तथा पार्टी सुदृढीकरणका कार्यक्रमलाई तिब्रताका साथ अगाडी बढाइरहेको छ । सुनसरी क्षेत्र नं. ३ का सबै स्थानीय तह तथा प्रतिनिधि सभा निर्वाचनमा जीत हासिल गर्ने अभियानमा साथ अभियान अगाडी बढेको हो ।

सोहि क्रममा शनिबार तथा आइतबार दुहवी वडा नं. ११ र १२ मा नेकपा एमालेको वडा कमिटी कार्यालय तथा राष्ट्रिय युवा संघ नेपालको कार्यालय पनि उद्घाटन भएको छ । उक्त कार्यालयहरुको उद्घाटन सुनसरी क्षेत्र नं. ३ बाट नेकपा एमालेको राजनीति गर्दै आएकी केन्द्रीय सदस्य भगवती चौधरीले गरेकी छिन् ।



उक्त अवसरमा बोल्दै नेतृ चौधरीले नेकपा एमालेले मात्र समाजवादको एजेण्डा बोकेको बताउँदै बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनसँगै त्यसपछिको प्रतिनिधी सभा निर्वाचनमा नेकपा एमालेलाई ऐतिहासिक जीत दिलाउनु पर्ने बताइन् । जनताका आधारभूत आवश्यक्ता र संमृद्ध मुलुक सुखी नेपालीको सपना केवल नेकपा एमालेले मात्र साकार पार्ने बताउँदै चौधरीले यसपल्ट एमाले एक्लै चुनाबी मैदानमा उत्रिएको जिकीर गरिन् ।

पार्टी कार्यालय तथा वडा कमिटी गठन कार्यक्रममा कांग्रेस, माओवादी, जसपा लगायत विभिन्न पार्टी परित्याग गरी दर्जनौं युवा तथा सर्वसाधारण नेकपा एमालेमा प्रवेश गरेका थिए ।  




















0 प्रतिकृया