Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


इटहरीकाे एक घरमा बम विस्फाेट, दुई जना घाइते

एक्सन खबर
चैत, १५, २०७८


इटहरीकाे एक घरमा बम विस्फाेट, दुई जना घाइते

सुनसरी । सुनसरीकाे इटहरीमा गएराती बम विस्फाेट हुँदा दुई जना घाइते भएका छन् । इटहरी-२ को नवजागृति टोलमा रहेकाे एक घरमा बम विस्फोट भएकाे हाे ।

इटहरी-२ नवजागृति टोलमा रहेको अमित श्रेष्ठको घरमा गएरातती साढे १० बजे विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए । उनका अनुसार श्रेष्ठको घरमा डेरा गरी बस्ने २२ वर्षीय रबिन थापा र लमजुङ-५ ढोडेनीका २३ बर्षिया शेरजंग गुरुङ घाइते भएका छन् । उनीहरूको कोठा भित्रै गएराती विस्फोट भएको हो ।

जिल्ला प्रहरी सुनसरीका अनुसार घाइते भएका रविन थापाको आँखामा चोट लागेकोले बिराटनगरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते शेरजंग गुरुङको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । उनको हातमा र तिघ्रामा चोट लागेको प्रहरीले जनाएकाे छ ।

उक्त घरमा सुतली बम विस्फोट भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ । घटनास्थलबाट प्रहरीले  हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद गरेको छ ।

गुरुङ उक्त घरमा १५ दिन अघि मात्र आएकाे र उनले ल्याएको झोलामा विस्फोटक पदार्थ रहेको हुनसक्ने इलाका प्रहरी कार्यालय इटहरीको अनुमान छ । भने, डेरामा बरामद भएको हिमाल सुरक्षा परिषद्को पर्चा भर्खरै सशस्त्र युद्धको घोषणा गरेको सङ्गठनको भएको जनाएको छ ।

फागुन १५ गते उक्त सङ्गठनले विज्ञप्ति निकाल्दै सशस्त्र युद्धको घोषणा गरेको थियो । सङ्घीयता खारेज, ५ विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दु राष्ट्र कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने लगायतका मागहरू राख्दै याे सङ्गठन सशष्त्र युद्धमा लागेकाे छ ।













0 प्रतिकृया