Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


‘जनताको बहुलदीय जनवादमै मुलुकको भाग्य जोडिएको छ’ भगवती चौधरी

एक्सन खबर


‘जनताको बहुलदीय जनवादमै मुलुकको भाग्य जोडिएको छ’ भगवती चौधरी

सुनसरी । जनताको बहुदलीय जनवाद नै समृद्ध देश निमार्णको आधार रहेको नेकपा एमालेकी केन्द्रीय सदस्य नेतृ भगवती चौधरीले बताएकी छन् । दुहवी नगरपालिका अन्तरगत रहेका विभिन्न भातृसंगठनहरुको अधिवेशनमा बोल्दै चौधरीले मुलुकको विकासका लागि जनताको बहुदलीय जनवाद नै प्रमुख मार्गदर्शन रहेको बताउँदै एमाले वाहेक कुनै दलसँग समाजवादको एजेण्डा नरहेको पनि जिकीर गरिन् ।

रिटर्नी फेडरेशन, किसान महासंघ, नेपाल खेलकुद महासंघ तथा नेपाल उत्पिडित जातीय मुक्ति समाजको नगर अधिवेशनमा बोल्दै नेतृ चौधरीले भनिन्–‘जनताको बहुलदीय जनवादमै मुलुकको भाग्य र भविष्य जोडिएको छ । यो बैज्ञानिक, आधुनिक छ । जनताको आकांक्षा र चाहनालाई मुर्तरुप दिने अभियान हो ।’

पूर्वराज्यमन्त्री समेत रहेकी नेतृ चौधरीले आधुनिक तथा बैज्ञानिक कृषि प्रणाली अवलम्बन गर्दै कृषि क्षेत्रलाई व्यवसायीकरण गर्नुपर्ने र त्यसका लागि उत्पादन हुने क्षेत्रमा सामुहिक चक्लावन्दी कृषि प्रणाली लागू गर्नुपर्ने पनि बताइन् ।

आउँदो बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीले सबै तहमा ऐतिहासिक जीत हासिल गर्नुपर्ने बताउँदै चौधरीले सम्पूर्ण नेता कार्यकर्ताहरुलाई स्थानीय निर्वाचनमा ध्यान दिन निर्देशन दिइन् । ‘म सबै कमरेडहरुलाई भन्न चाहन्छु, समय धेरै छैन, सवा महिना जति छ, हामीले चुनाव जित्ने हतियार भनेको संगठन, संगठनमा परिचालित हुने कमरेडहरु नै हो । कमरेडहरुले आफ्नो मान्छे को प्रतिपक्षी को छुट्याएर काम गर्नुहोस् ।’ चौधरीले ३६४ दिन पार्टीमा खट्ने बाँकी एक दिन विक्रि हुने प्रथाको अन्त्य गरिनुपर्ने पनि बताइन् ।

कम्युनिस्टहरुको मुलधार नै समाजवाद रहेको तर्क गर्दै सिप, ज्ञान हासिल गरेर विदेशबाट फर्किएकाहरुले पनि आफ्नो घर परिवार, समाज निर्माणमा लाग्नुपर्ने बताइन् । रिटर्नी फेडरेशनले विदेशमा काम गरेर ज्ञान, सिप हासिल गरेकाहरुलाई संगठित गर्दै उनीहरुलाई स्वदेशमै काम गर्न प्रोत्साहित गरेको पनि बताइन् ।

कार्यक्रममा संघीय समाजवादी एक नम्बर प्रदेश सचिवालय सदस्य पिंकी खातुन पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरिन् । उनलाई नेतृ चौधरीले अविर तथा खादा लगाएर पार्टीमा प्रवेश गराएकी थिइन् ।

एमालेमा प्रवेश गर्नेहरुको लहर

यसअघि दुहवी नगरपालिका वडा नं. ११ तनमुनामा नेकपा एमालेले गरेको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । नेतृ चौधरीले उनीहरुलाई अविर तथा खादा लगाएर पार्टी प्रवेश गराएकी थिइन् ।

पछिल्लो समय सुनसरी ३ मा नेकपा एमालेमा प्रवेश गर्नेहरुले लहर चलेको छ । एमालेले मात्र जनताको आधारभूत आवश्यक्ता पुरा गर्छ, मुलुकमा समाजवाद ल्याउँछ भनेर विभिन्न पार्टी परित्याग गर्दै एमालेमा समाहित हुनेहरुको संख्या बढीरहेको नेतृ चौधरीले बताइन् । दुई तिहाई नजिकको बलियो सरकार ढालेर मुलुकमा अस्थिरता पैदा गरेकोले जनतामा गठबन्धन दलहरु प्रति वितृष्णा जागेको चौधरीको भनाई छ । आउँदो स्थानीय र त्यसपछि हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले ऐतिहासिल जित हासिल गर्ने उनको दावी छ ।  













0 प्रतिकृया