Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


लामपोखरीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ७८१ जना लाभान्वित

एक्सन खबर
चैत, १६, २०७८


लामपोखरीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ७८१ जना लाभान्वित

काठमाडौं । काठमाडौं महानगरपालिका–७ स्थित लामपोखरी, कटु बहालमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, जीपी कोइराला मेमोरियल सामुदायिक, लायन्स क्लब र लियो क्लबको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

जीपी कोइराला मेमोरियल सामुदायिक भवनमा सञ्चालित शिविरमा ७८१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १७५ जनाको भिडियो एक्सरे, १२१ जनाको रक्त परीक्षण र १०९ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

त्यस्तै ३७ जनाको दाँत उखेलिएको छ । शिविरमा उपचार सम्भव नभएका २३ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ । डा.सुनिल शर्माको प्रवेशसँगै केएमसीले गतबर्षदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।















0 प्रतिकृया