Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


मुगुका २८ हजार बालबालिकालाई टाइफाइडविरुद्ध खोप

एक्सन खबर
चैत, १९, २०७८


मुगुका २८ हजार बालबालिकालाई टाइफाइडविरुद्ध खोप

खड्क सुनार
मुगु । हिमाली जिल्ला मुगुका २८ हजार भन्दा बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप प्रदान गरिने भएको छ । दुर्गम जिल्ला मुगुमा २८ हजार ७ सय ८३ बालबालिका र विद्यार्थीलाई खोप लगाइने भएको हो ।

नेपाल सरकारले राष्ट्रिय अभियान कै रूपमा देशभर आगामी चैत २५ देखि वैशाख ८ गतेसम्म टाइफाइडविरुद्ध खोप अभियान सञ्चालन गर्न लागेको  स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।

जिल्ला स्तरीय खोप समन्वय समिति र सञ्चारकर्मीको अभिमुखीकरण तथा अन्तरक्रियात्मक कार्यक्रम आगामी चैत २५ गते देखि वैशाख ८ गतेसम्म राष्ट्रिय अभियानकै समयमा जिल्लाका १ सय ५८ वटा विद्यालयमा जम्मा २१ हजार १ सय १६ विद्यार्थी र ७ हजार ६ सय ६७ विद्यालय बाहिरका १५ महिना देखि माथि र १५ वर्ष मुनिका बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य सेवा कार्यालय मुगुका ब्यवस्थापक उमेश गौतमले जानकारी दिए ।

बालबालिकाहरूलाई दिइँदै आएको नियमित १२ वटा खोपमा थप १ टाइफाइड विरुद्धको थपेर अव देखि नियमित खोप दिइने छ ।  र बाकी स्वास्थ्य संस्थाहरू गरि जिल्ला भर १७० वटा खोप केन्द्रबाट खोप दिइने खोप सुपरभाइजर दीपक रावतले जानकारी दिए ।

 छायाँनाथ रारा नगरपालिकामा १० हजार ,३ सय ३४ , मुगुम कार्मारोङ्ग गाउँपालिकामा २ हजार ८७ ,सोरु गाउँपालिकामा ८ हजार १ सय ९८  र खत्याड गाउँपालिकामा ८ हजार १ सय ६४ जना बालबालिकालाई टाईफाइट विरुद्ध खोप लगाइने जनाईएको छ ।













0 प्रतिकृया