Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


मोरङको कटहरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
चैत, १९, २०७८


मोरङको कटहरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ मा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र स्थानीय राजवंशी समाज विकास समिति तथा युवा समाजको सहकार्यमा एकदिने शिविर सञ्चालन गरिएको हो ।

जनप्रिय माध्यमिक विद्यालयमा भएको शिविरमा नोबेलका डाक्टरहरुले ९६१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा १८४ जनाको रक्त परीक्षण, ११३ जनाको भिडियो एक्सरे र ६५ जनाको ईसीजी गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका २२ जनाको दाँत खोलिएको छ ।

नोबेलले ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौं बिरामीको निःशुल्क उपचार गरिरहेको छ ।














0 प्रतिकृया