Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


इटहरी बम बिस्फाेटमा संलग्न चारजना पक्राउ

एक्सन खबर
चैत, १९, २०७८


इटहरी बम बिस्फाेटमा संलग्न चारजना पक्राउ

सुनसरी । इटहरीमा बम बिस्फोट गराउनेलाई प्रहरीले पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय इटहरीले शुक्रबार पत्रकार सम्मेलन गरी बम बिस्फोटमा संलग्न चार जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा हिमाल सुरक्षा परिषदका मुख्य नाइके खगेन्द्र खरेलसहित चार जना रहेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सन्जयसिंह थापाले जानकारी दिए । पक्राउ पर्नेहरूमा कोठाभाडामा बस्दै आएका २२ वर्षीय रबिन थापा लमजुङका २३ वर्षीय शेरजंङ्ग गुरुङ र लक्ष्मीदेवी थापा ठकुरी रहेका छन् । प्रहरीका अनुसार उनीहरूलाई बिहीबार पक्राउ गरिएको हाे ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार गत १४ गते राति इटहरी २ स्थित नवजागृति टोलका अमित श्रेष्ठको घरको तल्लो तलामा बम बिस्फोट भएकाेमा उनीहरूकाे संलग्नता रहेकाे खुलेकाे छ । पक्राउ परेका मध्ये थापा र गुरूङ्ग उक्त विस्फाेटमा परि घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय इटहरी, जिल्ला प्रहरी कार्यालय सुनसरी, संघीय प्रहरी इकाई कार्यालय धरान, प्रदेश १ प्रहरी (आरआइटी) समूह र जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा उनीहरूलाई पक्राउ गरिएको हो ।














0 प्रतिकृया