वडा सभापति र सचिवलाई कांग्रेसले दियो प्रशिक्षण
एक्सन खबर
धरान । नेपाली कांग्रेसको क्षेत्र नं. १ अन्तर्गतमा २७ सै वडाका सभापति र सचिवलाई स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै प्रशिक्षण दिइएको छ ।
कांग्रेसको सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिको आयोजनामा “काम, कर्तव्य र अधिकार, नेतृत्व विकास, एम.सी.सी. तथा निर्वाचन, नेपाली कांग्रेस र रणनीतिक सवालहरु” विषयमा प्रशिक्षण प्रशिक्षण दिइएको हो ।
उनीहरुलाई संघीय सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा, १ नं. प्रदेशका महामन्त्री उमेश थापा र क्षेत्रीय सभापति सुजेन्द्र तामाङले प्रशिक्षण दिएका थिए ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमको औपचारिक उद्घाटन सत्रमा नेपाली कांग्रेसका जिल्ला उपसभापति नगेशचन्द्र राई, क्षेत्रीय उपसभापति मुरारी भट्टराई र धरान नगर सभापति श्याम पोखरेलले समसामयिक विषयमा मन्तव्य राखेका थिए ।
कार्यक्रममा कांग्रेस १ नं. प्रदेश सदस्यद्धय अन्जना राई र गणेश परियार, जिल्ला सचिव माधव घिसिङ, महासमिति सदस्य श्यामा रेग्मी, प्रदेशसभा क्षेत्रीय सभापति अनिल श्रेष्ठ, महाधिवेशन प्रतिनिधिहरु विकास आचार्य, निलकुमारी गिरी र रवि राई, मुस्लिम संघका केन्द्रीय सदस्य अलिम अन्सारी, दलित संघका १ नं. प्रदेश सभापति गोविन्द दर्नाल, क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, प्रदेशसभा क्षेत्रीय सहसचिव रमिता श्रेष्ठ, नगर कोषाध्यक्ष पञ्चकला राई, प्रदेश सम्मेलन सदस्य रोशन रेग्मी लगायतको उपस्थिति रहेको थियो ।
0 प्रतिकृया