Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


चुनावी सभालाई सम्बोधन गर्न ओली पर्सा जाने

एक्सन खबर
चैत, २२, २०७८


चुनावी सभालाई सम्बोधन गर्न ओली पर्सा जाने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पर्सा जाँदैछन् । पार्टीको पर्सा जिल्ला कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न उनी बिहान ११ बजे पर्सा जाने भएका हुन् ।

अध्यक्ष ओलीले चुनावी अभियान तीब्र पार्न त्यहाँका नेता कार्यकर्ताहरूलाई निर्देशन दिनेछन् । निर्वाचनमा गठबन्धनबिना एक्लै पाँच दलीय गठबन्धनविरुद्ध प्रतिस्पर्धा गर्ने र पहिलो पार्टी हुने ओलीले दाबी गर्दै आएका छन् ।

तर, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाललगायत पार्टीसँग निर्वाचनमा तालमेल गर्नेगरी अनौपचारिक रूपमा छलफल भने बढाएका छन् ।  

नेकपा एमालेले मधेशका सबै क्षेत्रमा बहुमत पाउने गरी रणनीति बनाइरहेकाे छ । एक महिना यता ओली दाेश्राे पल्ट पर्सा जान लागेका हुन् । यसअघि विरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी लगायतलाई पार्टी प्रवेश गराउन ओली पर्सा पुगेका थिए ।  पर्सामा नेकपा एमाले नेता बसरूद्धिन अन्सारीकाे सकृयतामा संगठन विस्तार, सुदृढीकरण लगायतका कार्यहरू भइरहेका छन् ।
 













0 प्रतिकृया