Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयको ४७ औं जुनियर डिभिजन तालिम

एक्सन खबर


राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयको ४७ औं जुनियर डिभिजन तालिम

सुनसरी । राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय याङ्गशिलाले सि.स. ४७ जुनियर डिभिजन तालिम पहिलो चरणको सस्कृतिक तथा दिक्षान्त कवाज कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।

उक्त तालिममा लिटल बुद्ध मा.बि की ताप्लेजुङकी क्याडेट छात्रा १६ बर्षिया सिक्कुम इवासाम लिम्बु सर्वोत्कृष्ट भएकी छिन । छात्रतर्फ जालपा माबि नुनथला खोटाङका १७ बर्षका विनोद तामाङ उत्कृष्ट भएका छन् । त्यसैगरी बेस्ट स्पीकर क्याडेट बिद्या बर्दन ईङलिस स्कुल पाचथरका क्याडेट १८ बर्षिया नेहा राई भएकी थिईन ।

त्यस्तै यस बर्षको वार्षिक सामूहिक क्याम्पको अवधिमा विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट प्रर्दशन गर्दै विभिन्न मुल्याङ्कनहरु मार्फत बेस्ट प्लाटुन लिटलबुद्ध माध्यमिक विद्यालय ताप्लेजुङ नै सफल भएको छ । उक्त बिद्यालयका शिक्षक तथा उपस्थित अभिभावकहरुलाई प्रशंसा पत्र सँगै ट्रफि प्रदान गरेका छन् ।

तालिममा सैनिक आ.मा.वि, धरान, जनज्योति मा.वि., सिन्धुली, त्रिभुवन मा.वि., खोटाङ्ग, मनकामना रत्न अम्बिका मा.वि., संखुवासभा, जालपा मा.वि.. खोटाङ, राम चरित्र भगत मा.वि.पर्सा, निजामति आवासिय विद्यालय, धनकुटा, विद्या बर्दन ईङ्ग्लिस बोर्डिङ्ग स्कुल, हेरिटेड नेशनल एकेडेमी, ईलाम, लिटलबुद्ध माध्यामिक विद्यालय, ताप्लेजुङ्ग, फिदिम मा.वि., पाँचथर सहभागी भएका थिए ।


आजका युवा भोलिका कर्णधार हुन् अनुशासन नै राष्ट्रसेवाको मूल जग हो भन्ने वाक्यलाई आत्मसात गरी अनुशासन, वफादारी, इमान्दारी र युवा वर्गमा नेतृत्व क्षमता विकास गर्दै राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यका साथ नेपाल सरकारद्वारा राष्ट्रिय कार्यक्रम तर्जुमा गरी वि.स. २०२४ सालदेखि नेपाली सेनालाई उक्त जिम्मेवारी सुम्पिएको थियो ।

सोही जिम्मेबारी अनुसार उक्त कार्यक्रम सम्पन्न गरेको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय याङ्गशिला प्रमुख सेनानी (करसाब) बिमल केसीले जानकारी दिए ।

तालिमका दिक्षित विद्यार्थीहरुलाई सम्बोधन गर्दै नेपाली सेनाको पूर्वी कमाण्ड सेनापति उपरथी सहदेव खड्काले युवाहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलको दिक्षान्त कवाजमा सलामी ग्रहण गर्न पाउँदा ज्यादै हर्ष लागेको बताए । राष्ट्र सेवा, अनुशासन, ज्ञान र विवेक जस्ता विभिन्न पक्षमा विकास गर्न अहम भूमिका खेल्ने तालिममा छनौट भई तालिम सम्पन्न गर्ने क्याडेट छात्रा, छत्रालाई बाधाई समेत दिएका थिए ।

उपरथी खडकाले छनौट परीक्षा पश्चात स्वइच्छाले ५१ दिने तालिममा सहभागी भई छोटो समयमा क्याडेट छात्र, छात्राले देखाएको अनुशासन, लगनशीलता, इच्छा शक्ति, तालिमप्रतिको अभिरुची तथा कडा परिश्रमका कारण उच्च स्तरको कवाज प्रदर्शन भएको प्रति खुशी ब्यक्त समेत गरे ।

नेपाल सरकारको उच्च प्राथमिकतामा परेको यस प्रकारको तालिमको मुख्य लक्ष्य युवाहरुलाई अनुशासित, नेतृत्ववान, वफादार, राष्ट्रप्रति समर्पित र राज्यका संस्थाहरुप्रति सम्मान गर्ने एक संस्कारयुक्त नागरिक बनाउनु हो । सैनिक पोसाकमा विभिन्न परेड मात्र नभई विविध भौगोलिक विविधता, जात, जाति, धर्म, संस्कृति परम्परा र संस्कार भएका व्यक्तिहरुलाई राष्ट्रिय सेवा दलले एउटै छानामुनी राख्न सफल भएको छ ।

खडकाले नेपालको भौगोलिक अखण्डता र सार्वभौम सत्तालाई जोगाई राख्न दिक्षित छात्र–छात्राले आ–आफनो जिम्मेवारी लिन अग्रसर भई राष्ट्रिय एकताको भावनालाई थप बलियो र विश्वासिलो हुनेमा उहाँले विश्वास व्यक्त गरे ।

 
उपरथी खडकाले छात्र–छात्राले हासिल गरेका सामान्य सैनिक कला, विपद जोखिम न्यूनिकरण, नेतृत्व तथा व्यक्तित्व विकास, राष्ट्रियता,सामाजिक उत्तरदायित्व तथा अनुशासन जस्ता विविध सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले भविष्यमा आउन सक्ने चुनौतिहरुलाई सहज रुपमा सामना गर्न सहयोगी हुने भन्दै तालिम पश्चात निस्वार्थ सेवा भावबाट समाज र राष्ट्रको सेवामा समर्पित हुन पनि आग्रह पनि गरेका छन् ।

दिक्षान्त समारोहमा प्रदेश नं १ बाट ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापा, धनकुटा, उदयपुर, प्रदेश नं. २ बाट रौतहट, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी र सिराहा तथा प्रदेश नं. ३ बाट चितवन, मकवानपुरका गरी १५ वटा माध्यामिक विद्यालयहरुका कुल ५३४ जना विद्यार्थीहरुको सहभागिता रहको थियो । यस प्रकारको तालिम मोरङ्गको याङ्गशिला, महोत्तरीको किसान नगर, नवलपुरको हात्तीखोर र बाँकेको कोहपुरमा समेत सञ्चालन हुँदै आएको छ ।













0 प्रतिकृया