Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


आइपीएल क्रिकेट: बेंगलोरको दोस्रो जित

एक्सन खबर
चैत, २३, २०७८


आइपीएल क्रिकेट: बेंगलोरको दोस्रो जित

काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा  राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ । १७० रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १९ ओभर एक बलमा ६ विकेट गुमाउँदै पूरा गरेकाे हाे ।

बेंगलोरको जितमा  विकेटकिपर दीनेश कार्तिकले  सर्वाघिक ४४ रन बनाए । कप्तान फाफ डु प्लेसिसले २९ रन बनाए । राजस्थानका युजभेन्द्र चहल र ट्रेन्ट बोल्टले समान २ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाउँदै १६९ रनको योगफल तयार पारेकाे थियाे ।

राजस्थानका जस बटलरले सर्वाधिक ७० रन बनाए ।  शिम्रन हेटमायरले ४२ रनको योगदान गरे । बेंगलोरका डेविड विल्ली, वानिन्दु हसरंगा र हर्षल पटेलले समान १ विकेट लिए ।

बैंगलोरको यो दोस्रो जित हो भने राजस्थानको पहिलो हार हो ।













0 प्रतिकृया