Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


पानीमा डुबेर बृद्द र बालककाे मृत्यु

एक्सन खबर
चैत, २३, २०७८


पानीमा डुबेर बृद्द र बालककाे मृत्यु

सुनसरी । सुनसरीको ईनरुबा नगरपालिका-६ मधेशा स्थित नहरको पानीमा डुबेर १ जना बृद्दको मृत्यु भएको छ । मंगलबार दिउसो पौने १२ बजे ६० बर्षीय बिर्ख बहादुर निरौला आफ्नै घर छेउको नहरको पानीमा डुबेको अवस्थामा छिमेकिले फेला पारेका थिए ।

तत्काल उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगेकोमा उपचारको क्रममा निराैलाकाे मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

उता भोजपुरको पौवादुङमा गाँउपालिका-२ स्थितमा खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ । दिउँसो साढे ११ बजे मामली घर पौवादुङमा आई बसेका मोरङको केराबारी गाउँपालिका-७ का गणेश मगरका २ बर्षीय छोरा आशिर मगर खेल्ने क्रममा लडि खाल्डोको पानीमा डुबेका थिए ।

अचेत अवस्थामा आफन्तले फेला पारी उपचारको लागि स्थानिय स्वास्थ्य चौकी पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका हुन् । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भई रहेको छ ।













0 प्रतिकृया