चितवन युवा समुहद्वारा कतारमा रक्तदान
एक्सन खबर
कतार । चितवन युवा समुह कतारको आयोजनामा भएको रक्तदानमा ३८ पिन्ट रगत संकलन भएको छ । शुक्रबार कतार स्थित हमाद हस्पिटलमा रक्तदान भएको हो ।
'अनेकतामा एकता चितवन युवा समुहको विशेषता' भन्ने मुल नाराका साथ सम्पन्न रक्तदानमा नेपालका विभिन्न स्थानमा रहेका नेपालि लगायत अन्य मुलुकका महिला तथा पुरुषहरुले रक्तदान गरेका थिए ।
समुहका अध्यक्ष श्याम पाण्डेका अनुसार कतारमा पहिलो पटक यस समुहले रक्तदान कार्यक्रम गरेको बताउदै कार्यक्रममा रक्तदाताहरुको बाक्लो उपस्थितिले अझ उर्जा थपिएको बताए । एक सय भन्दा बढीको उपस्थितिमा रक्तदान भएको थियो तर ४८ जना महिला तथा पुरुषहरुमा विभिन्न स्वास्थ्यमा समस्या देखिएकोले गर्दा उनिहरुले रक्तदान गर्न नसकेको उनले बताए ।
सन २००१ मा चितवनमा स्थापना भएको समुहले रक्तदान भनेको जिवनदान भएकोले यसपटक रक्तदान कार्यक्रम गरेको र आगामि दिनमा नेपालमा पढनबाट बन्चित भएका बालबालिकाहरुलाई निःशुल्क रूपमा पढाउने ब्यवस्था समुहले मिलाईदिने योजना राखेको उनले बताए ।
समुहका महासचिव प्रकाश अर्यालले आर्थिक अवस्था कमजोर भएका जो-कोहिलाई पनि आर्थिक रकम सङ्कलन गरेर आर्थिक सहयोग गर्ने अबको योजना रहेको बताए ।
0 प्रतिकृया