धरानमा टाटा सुमो दुर्घटना हुँदा ९ जना घाइते
एक्सन खबर
सुनसरी । धरानमा टाटा सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । ललितपुरबाट पाथिभरा मन्दिर पुगेर फर्किएको बा६च ७२६८ नम्बर सवारी दुर्घटनामा ड्राइभरसहित ९ जना घाइते भएकाे इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।
धरानको बुढासुब्बा मन्दिरबाट पिण्डेश्वरी मन्दिरतर्फ झर्दै गरेको सो सवारी ब्रेक फेल भएर टर्निङमा पल्टिन पुगेको प्रहरीले जनाएको छ । दुर्घटना अपरान्ह करिब ५ बजेतिर भएको हो ।
दुर्घटनामा परि घाइतेहरुको उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ । घाइतेमध्ये एकजनाको हात भाँचिएको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
0 प्रतिकृया