Follow us:


Follow us

९ कार्तिक २०८३, आइतवार
९ कार्तिक २०८३, आइतवार


चेल्सीकाे घरेलु मैदानमा बेन्जेमाको ह्याट्रिक, बार्यन पनि पराजित

एक्सन खबर
चैत, २४, २०७८


चेल्सीकाे घरेलु मैदानमा बेन्जेमाको ह्याट्रिक, बार्यन पनि पराजित

काठमाडौं । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा चेल्सी घरेलु मैदानमा रियल मड्रिडसँगै ३-१ अन्तरले पराजित भएको छ ।

भ्रमणमा रहेको स्पेनिस ला लिगा लिडर रियलको जितमा अनुभवी स्ट्राइकर तथा कप्तान करिम बेन्जेमाले ह्याट्रिक गरे । इङ्लिस क्लब चेल्सीका काइ हाभार्टले सान्त्वना गोल गरे ।

बेन्जेमाले खेलको २१, २४ र ४६ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । चेल्सीका काइले खेलको ४०औं मिनेटमा सान्त्वना गोल गरे । जितपछि रियलले सेमिफाइनल सम्भावना बढाएको छ । अब दोस्रो लेग रियलको घरेलु मैदानमा १३ अप्रिलमा हुनेछ  ।

 बायर्न भिल्लारियलसँग पराजित

यस्तै, च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा भिल्लारियलले बायर्न म्युनिखलाई १-० अन्तरले पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा स्पेनीस क्लब भिल्लारियलको लागि अर्नाउट डान्जुमाले गोल गरे । उनले खेलको आठौं मिनेटमा डानी परेजोको पास सदुपयोग गरे ।

जर्मन बुन्डेस लिगा लिडर बायर्न भने सन् २०१७ यता पहिलो पटक अवे खेलमा हार बेहोर्न बाध्य भयो । खेलमा बायर्नका प्रभावशाली फरवार्ड रोबर्टो लेवान्डोस्की चल्न नसक्दा बायर्न गोल बिहिन रह्यो ।

लेवान्डोस्कीले यस सिजन क्लब र देशका लागि ५१ गोल गरिसकेका छन् । अब दोस्रो लेगमा बायर्नले घरेलु मैदानमा अप्रिल १३ मा भिल्लारियललाई आतिथ्य गर्नेछ ।














0 प्रतिकृया