Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न पुर्वीनवलपरासी अदालतकाे आदेश

एक्सन खबर
चैत, २४, २०७८


पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न पुर्वीनवलपरासी अदालतकाे आदेश

नवलपरासी । किशोरी बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । मुद्दाको किनारा लगाउने समयसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

न्यायाधीश अर्जुन अधिकारीको इजलासबाट बुधबार शाहलाई तनहुँमै थुनामा राख्न आदेश दिएपछि प्रहरीले शाहलाई बुधबार नै तनहुँ पठाएकाे छ । तनहुबाट आएको सुरक्षाकर्मीको टोलीले बुधबार राति ९ बजे शाहलाई तनहुँ पुर्याएकाे छ । उनलाई वैशाख ७ गते पुनः जिल्ला अदालत पूर्वी नवलपरासीमा हाजिर हुन भनिएको छ ।

जिल्ला अदालत पूर्वी नवलपरासीमा बुधबार पीडित किशोरीका तर्फवाट ३ जना सरकारी वकिलले बहस गरेका थिए । सरकारी वकिल कमलराज पन्थी, डालबहादुर नेपाली र बुद्धबहादुर थापाले पीडित किशोरीको किटानी जाहेरीका आधारमा शाहलाई हदैसम्मको कैद सजाय हुनुपर्ने माग गरेका छन् । जाहेरीवालका किशोरीका तर्फबाट अधिवक्ता सरिता तिवारी र भूपेन्द्र खनालले बहस गरेका थिए ।

किशोरीको पक्षबाट बहस गरेकाहरुले पीडितको निवेदन र माग दाबी बमोजिम १२ देखि १४ वर्ष कैद सजाय हुनुपर्ने माग गरेका छन् । बुधबार दिउँसो सवा १ बजेपछि पल शाहका तर्फबाट ९ जना वकिलले बहस गरेका छन् । प्रतिवादी शाहका पक्षबाट बहस गरेका वकिलहरुले किशोरीले शाहलाई झुठो आरोप लगाएर फसाउन खोजेको दाबी गरेका छन् ।

शाहको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय यदुनाथ खनाल, कमलामोहन वाग्ले, बारका जिल्ला अध्यक्ष चेतनारायण भुसाल, अधिवक्ता भानुभक्त सुवेदी, जनकराज ढुंगाना माधव घिमिरे लगायतले बहस गरेका थिए । तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार जिल्ला अदालत पूर्वी नवलपरासीमा ल्याएर बयान लिइएको थियो ।

शाहले एक वर्षअघि गैंडाकोटमा म्युजिक भिडियाे छायांकनका क्रममा किशोरीलाई मादक पदार्थ खुवाएर पटकपटक बलात्कार गरेको भन्दै अघिल्लो महिना इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जाहेरी परेको थियो । जाहेरीका आधारमा प्रहरीले शाहलाई चैत ३ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएर अनुसन्धान थालेको हो । शाहलाई तनहुँमा पनि उनै किशोरीले एक वर्षअघि बलात्कार गरेको भन्दै त्यहाँको प्रहरीमा उजुरी गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।













0 प्रतिकृया