Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


युराेपा लिगः फ्रान्कफुर्टसँग रोकियो बार्सिलोना

एक्सन खबर
चैत, २५, २०७८


युराेपा लिगः फ्रान्कफुर्टसँग रोकियो बार्सिलोना

काठमाडौं । युइएफए युरोपा लिग फुटबल अन्तर्गत बिहीबार भएको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना फ्रान्कफुर्टसँग १-१ गोल अन्तरले बराबरीमा रोकिएको छ ।

खेलमा पहिलो गोल घरेलु टोली फ्रान्कफुर्टले गर्‍याे । भ्रमणकारी टोली बार्सिलोनाले खेल बराबरी ल्याएको हो । ४८औं मिनेटमा एन्स्गर नौफले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६६ औं मिनेटमा फेरान  टोरेसले गोल गर्दै बार्सिलोनालाई बराबरी स्थितिमा ल्याए ।

खेलको ७८ औं मिनेटमा टुटाले रातो कार्ड पाएपछि फ्रान्कफुर्ट १० खेलाडीमा समेटिएको थियो । अब बार्सिलोना र फ्रान्कफुर्टबीचको दोस्रो लेग १५ अप्रिलमा बार्सिलोनाको मैदानमा नोउ क्याम्पमा हुनेछ ।

यस्तै, सुरुवाती अग्रता जोगाउन नसक्दा इटालियन क्लब एटलान्टाले युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब आरबी लाइप्जिगसँग बराबरी खेलेको छ । एटलान्टा र लाइप्जिगले १–१ गोलको बराबरी खेलेको हो ।

रेडबुल एरिना लाइप्जिग जर्मनीमा बिहीबार राति भएको खेलमा एटलान्टाका लागि लुइस मुरेलले गोल गर्दा लाइप्जिगले आत्मघाती गोल उपहार पाएको थियो ।

खेलको १७औं मिनेटमा लुइस मुरेलको गोलबाट एटलान्टाले खेलमा १–० को अग्रता लिन सफल भयो । उनले डेभिड जापाकोस्टाको पासमा गोल गर्न सफल भएका थिए ।

५८औं मिनेटमा घरेलु टोली लाइप्जिगले बराबरीको सुवर्ण अवसर खेर फाल्यो । मेरिह डेमिरलले क्रिस्टोफर एन्कुकुलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा आन्द्र सिल्भा गोल गर्नबाट चुके । तर सोही मिनेटमा डेभिड जापाकोस्टाले आत्मघाती गोल गर्न पुगेपछि खेल १–१ गोलको बराबरीमा पुग्यो ।

अब दोस्रो लेग १४ अप्रिलमा एटलान्टाको मैदानमा हुनेछ । लाइप्जिगलाई सेमिफाइनल पुग्न जितको खाँचो रहँदा यही नतिजा कायम राख्न सके एटलान्टा अवे गोलको आधारमा अघि बढ्ने छ ।

यस्तै वेस्टह्याम र लियोनले पनि १–१ काे बराबरी खेलेका छन् ।













0 प्रतिकृया