Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


एमालेबाट जनप्रतिनिधी भएका वडाध्यक्षहरुद्वारा नगरपालिकालाई बुझाए मोटरसाइकल

एक्सन खबर
चैत, २५, २०७८


एमालेबाट जनप्रतिनिधी भएका वडाध्यक्षहरुद्वारा नगरपालिकालाई बुझाए मोटरसाइकल

दुहवी । सुनसरी दुहवीका तीन वटा वडाध्यक्षले सरकारी सुविधा अन्तरगत पाएको मोटरसाइकल नगरपालिकालाई बुझाएका छन् । नेकपा एमालेबाट दुहवी वडा नं. १, ३ र ४ नम्बर वडाका वडाध्यक्षहरुले मोटरसाइकल दुहवी नगरपालिकालाई बुझाएका हुन् ।

सरकारले स्थानीय निकायको निर्वाचन घोषणा गरेपछि पार्टीबाट निर्वाचनको काममा खट्नुपर्ने भएकाले सरकारी साधन प्रयोग नगर्ने उनीहरुले निर्णय गरेका हुन् । मोटरसाइकल फिर्ता गर्नेहरुमा १ नं. वडाध्यक्ष अजुल हुसैन, ३ नं. वडाध्यक्ष माधब भण्डारी र ४ नं. वडाध्यक्ष राजन बस्नेत रहेका छन् ।

उनीहरुले बिहीबार दुहवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीलाई मोटरसाइकल बुझाएका हुन् । निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा स्थानीय जनप्रतिनिधिहरुले निर्वाचनमा सरकारी सेवा उपभोग गर्न नपाउने उल्लेख छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केसीले जनप्रतिनिधिहरु निर्वाचनमा केन्द्रीत हुँदा सरकारी सेवा उपभोग नगर्ने निर्णय गरेर उदाहरणीय कार्य गरेको बताए ।

वडाध्यक्षहरूकाे उक्त निर्णयकाे चाैतर्फी प्रशंसा भइरहेकाे छ । केही समय अगाडी माेरङका २ नगर प्रमुखले पनि सरकारी सवारी साधन निर्वाचनका बेला प्रयाेग नगर्ने निर्णय गर्दै फिर्ता गरेका थिए ।

दुहवी नगरपालिकामा स्थानीय जनप्रतिनिधीहरूले नगरकाे श्राेत साधनकाे चरम दुरूपयाेग गरेकाे, काेभिड अस्पताल निर्माण, सञ्चालनमा भ्रष्टाचार गरेकाे, स्थानीय जनताका जनचाहना र आवश्यक्तामा भन्दा बढी व्यक्तिगत सुविधा र कमिसनमा ध्यान दिएकाे आराेप छ ।

तस्विरः अकवर अलीकाे फेसवुकबाट साभारः














0 प्रतिकृया