Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


बन्दरगाहमा फसेका एक हजार नाविकलाई मद्दत गर्न राष्ट्रसंघकाे आव्हान

एक्सन खबर
चैत, २६, २०७८


बन्दरगाहमा फसेका एक हजार नाविकलाई मद्दत गर्न राष्ट्रसंघकाे आव्हान

न्युयोर्क । युक्रेनमाथि रुसले अतिक्रमण सुरु गरेपछि करिब एक हजार नाविकहरू बिचल्लीमा परेका छन् । युक्रेनी बन्दरगाह र पानीमा फसेका व्यापारिक जहाजहरूमा रहेका करिब एक हजार नाविकहरूलाई मद्दत र सुरक्षा गर्न संयुक्त राष्ट्र संघका दुई एजेन्सीहरूले आह्वान गरेका छन् ।

फसेकामध्ये १०० भन्दा बढी व्यापारिक जहाजहरूले युक्रेनी बन्दरगाह छोड्न नसकेको  अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का प्रमुखहरूले बताएका छन् ।

उनीहरूले शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त, रेडक्रसको अन्तर्राष्ट्रिय समिति र डाक्टर्स विदाउट बोडर्ससलाई जहाजहरू आपूर्ति गर्न मद्दत गर्न ‘तत्काल कदम चाल्न’ आग्रह गर्दै पत्र पठाएका छन् ।













0 प्रतिकृया