Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


चेल्सी र टोटनहमको जित, युनाइटेड र आर्सनल स्तब्ध

एक्सन खबर
चैत, २७, २०७८


चेल्सी र टोटनहमको जित, युनाइटेड र आर्सनल स्तब्ध

काठमाडौं । एन्थोनी गार्डेनको निर्णायक गोलमा इङ्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेड एभर्टनसँग स्तब्ध बनेको छ । एभर्टनलाई घरेलु मैदानमा जित दिलाउन गोर्डेनले २७औं मिनेटमा गोल गरे ।

प्रिमियर लिगमा रेलिगेशन क्षेत्रभन्दा एक स्थानमात्र माथि रहेको एभर्टनले जितसँगै १८औं स्थानको बर्न्लीसँगको अंक दुरी चार अंक पुर्याएको छ ।

यता एभर्टनसँगको हारले युनाइटेडको शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा स्थान बनाउने लक्ष्यमा धक्का लागेको छ । सातौं स्थानमा रहेको युनाइटेडले ३१ खेलबाट ५१ अंक जोडेको छ । जुन चौथो स्थानको टोटनहम भन्दा छ अंक कम हो ।

आइतबार भएको अर्को खेलमा आर्सनल पराजित हुँदा टोटनहम भने चौथो स्थानमा उक्लियो । टोटनहमले एस्टन भिल्लालाई ४-० को अन्तरमा हरायो । टोटनहमको जितमा ह्युन मीन सनले ह्याटि्रक गरे । यस्तै डेजान कुलुसेभस्कीले एक गोल गरे ।

जितसँगै टोटनहम ३१ खेलबाट ५७ अंक बनाउदै चौथो स्थानमा उक्लिएको छ  ।

अर्को खेलमा चेल्सीले साउथह्याम्पटनलाई ६-० अन्तरले पराजित गर्यो । चेल्सीको जितमा मासो माउन्ट र टोमो वार्नरले समान दुई गोल गरे भने काइ हाभार्ट, मार्कोस एलेन्सोले एक एक गोल गरे ।

जितसँगै चेल्सी ३० खेलबाट ६२ अंक सहित तेस्रो स्थानमा छ ।

अर्को खेलमा आर्सनल ब्राइटनसँग घरेलु मैदानमा २-१ को अन्तरले पराजित भयो भने लिड्स युनाइटेडले वाटफोर्डलाई ३-० अन्तरले हरायो ।













0 प्रतिकृया