Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


मुम्बईको चाैथाे हार, बेंगलोरको तेस्रो जित

एक्सन खबर


मुम्बईको चाैथाे हार, बेंगलोरको तेस्रो जित

काठमाडौं । मुम्बई इन्डियन्समाथि ७ विकेटको जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार तेस्रो जित निकालेको छ ।

मुम्बईले भने लगातार चौथो हार बेहोरेको छ ।

जितका लागि पाएको १५२ रनको लक्ष्य बेंगलोरले १८ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा गर्‍याे । बेंगलोरको जितका ओपनर अनुज रावतले सर्वाधिक ६६ रन बनाए । यस्तै विराट कोहलीले ४८ रनको योगदान गरे ।

यसअघि पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको  मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५१ रनको योगफल तयार पारेकाे थियाे ।

मुम्बईका सूर्य कुमार यादवले  सर्वाधिक ६८ रन बनाए । यस्तै ओपनर  ईशान किशन र रोहित शर्मा समान २६ रन बनाए । बेंगलोरका हर्षल पटेल र  वानिन्दु हसरंगाले समान  २ विकेट लिए ।

चेन्नईको लगातार चौथो हार

चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गर्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपीएल)  मा  पहिलो जित निकालेको छ । यता चेन्नईले भने लगातार चौथो हार बेहोरेको छ । जितका लागि १५५ रनको लक्ष्य पछ्याएको हैदराबादले १७ ओभर ४ बलमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

हैदराबादका  युवा ब्याटर अभिषेक शर्माले  सर्वाधिक ७५ रन बनाए । यस्तै राहुल त्रिपाठीले ३९ रनको योगदान दिए । चेन्नईका मुकेश चौधरी र ड्वेन ब्राभोले समान १ विकेट लिए । यसअघि  मुम्बईमा टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रनको योगफल तयार पार्‍यो ।

चेन्नईका मोईन अलीले सर्वाधिक ४८ रन बनाए । यस्तै अम्बाती रायडूले २७ रनको योगदान गरे । हैदराबादका वासिन्टन सुन्दर र नटराजनले समान २ विकेट लिए ।














0 प्रतिकृया