Follow us:


Follow us

२ वैशाख २०८३, बुधवार
२ वैशाख २०८३, बुधवार


नेपालगन्जमा कारको ठक्करबाट तीन जना पैदलयात्रीको मृत्यु

एक्सन खबर
चैत, २८, २०७८


नेपालगन्जमा कारको ठक्करबाट तीन जना पैदलयात्रीको मृत्यु

काठमाडौं । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–११ बिपिचोकमा आइतबार राति कारको ठक्करबाट तीनजना पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया समिना ईद्रिसी, ५ वर्षीय कलिम ईद्रिसी र ५ बर्षकै अली अन्सारी रहेका छन् ।

कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा नर्सिङहोम नेपालगञ्जमा रातीनै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कार दोबाट गणेशमान चोकतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०१–०२३ च ८४८१ नम्बरको कारले पैदल हिडिरहेका उनीहरुलाई गएराती पौने १२ बजे एकैसाथ ठक्कर दिएको थियो । कारसहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ ।













0 प्रतिकृया