Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


मेयरमा जिते सिटि सफारी चढ्ने माओबादी केन्द्रबाट मेयरका आकांक्षीकाे निर्णय

एक्सन खबर
चैत, २८, २०७८


मेयरमा जिते सिटि सफारी चढ्ने माओबादी केन्द्रबाट मेयरका आकांक्षीकाे निर्णय

धरान । धरान उपमाहानगरपालिकामा एमालेको लालकिल्ला भत्काउने नेपाली कांग्रेसलाई समेत चुनौति दिनेगरी नेकपा माओवादी केन्द्रबाट खगेन्द्र श्रेष्ठले नगर प्रमुखमा दावी गर्दै आधारहरु प्रस्तुत गरेका छन् ।

यसपटक माओवादी पार्टीले आफुलाई नै टीकट दिने भन्दै चुनावी अभियानमा समेत होमिएका श्रेष्ठले आफना दावीहरु प्रस्तुत गरेका हुन् । २०७४ सालको निर्वाचनमा एमालेका तारा सुब्बा विजयी हुँदा मतसंख्याको आधारमा नेपाली कांग्रेसका तिलक राई दोस्रो र माओवादी केन्द्रका आइन्द्रबिक्रम बेघा तेस्रो भएका थिए ।

तर, मेयर सुब्बाको निधन पछिकाे उपनिर्वाचनमा माओवादीसँग मिलेर उठेका तिलक राईले एमालेका प्रकाश राईलाई पराजित गरेका थिए । तर, यसपालि भने त्यसो नहुने मेयरका आकांक्षी श्रेष्ठको भनाई छ । यसपटक मेयरमा माओवादीले दावी गर्ने उनले भनेका छन् ।

उनले आफु मेयरमा जिते जनप्रतिनिधिहरूले प्राप्त गर्ने सेवा सुविधामा पनि पुर्नविचार गर्ने समेत बताएका छन् । साथै, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय शहरका रुपमा रहेको धरानलाई स्मार्ट सिटि सहरको रुपमा विकास गर्ने  आफ्नाे याेजना रहेकाे बताएका छन् ।

त्यस्तै श्रेष्ठले अघिल्लो निर्वाचनमा धरानका २० वडा वडामा एमालेले १४, कांग्रेसले ५ र माओवादी केन्द्रले एउटा वडा जितेको बताउँदै एमालेसँगको एकता र विभाजनपछि माओवादी केन्द्रको संगठन ब्यापक विस्तार भएको बताउँदै यसपटककाे निर्वाचनमा माओवादी केन्द्र बलियाे शक्तिका रूपमा उदाउने पनि जिकीर गरे ।

पछिल्लाे समय १० वर्षे शसस्त्र जनयुद्ध, जनान्दाेलन ०६२/०६३, मधेश आन्दाेलनबाट प्राप्त लाेकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता नै गुम्ने सड्यन्त्र भइरहेकाे भन्दै ती उपलब्धीहरूकाे रक्षार्थ माओवादी केन्द्रकाे जीत अपरिहार्य रहेकाे पनि जिकीर गरे ।

धरानकाे विकास, धरानकाे साझा समस्या दिर्घकालिन रूपमा समाधान गर्न तथा उपमहानगरपालिकाको खर्च कम गर्ने र आम्दानी बढाउने याेजना तयार गरेकाे पनि बताए । ‘म मेयरमा जितेपछि धरान उपमहानगरपालिकाकाे अनावश्यक खर्च कटाैती गर्न पहिले लाग्छु । विलासिता महंगा गाडी प्रयाेग गर्दिन, सिटी सफारी नै चढछु ।’ श्रेष्ठले भने ।
 
यस पटक धराने जनताले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता ल्याउने पार्टीको रुपमा स्थापित माओवादीलाई भोट दिनुपर्ने मेयर पदका आकांक्षी उम्मेदवार रेष्ठको भनाइ छ ।













0 प्रतिकृया