नेपालसँग विदेशी मुद्राको सञ्चिति कति छ ? (पूर्णपाठ)
एक्सन खबर
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त रहेको बताएका छन् । अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त रहेको बताएका हुन् ।
असार मसान्त २०७८ सम्म १३९९ अर्ब ३ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कम भई फागुन मसान्त २०७८ सम्म ११७१ रुपैयाँ कायम भएको बताएको छ ।
शर्माले देश श्रीलंका हुन्छ भनेर अर्थतन्त्रबारे नकारात्मक टिप्पणी गर्नु अनावश्यक भएको बताए । देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात भएको उनको भनाइ छ । ‘अफवाहहरूलाई जोड्दै जोड्दै लिएर कहाँ लग्न खोजिदैछ भने देश श्रीलंका हुन्छ भन्नेतिर लग्न खोजिदैछ । यो राष्ट्रघात हो । देशलाई त राम्रो बनाउनुपर्यो नि ।’ मन्त्री शर्माले भने ।
0 प्रतिकृया