वीरगञ्ज २१ का वडाध्यक्ष मियाँ एमालेमा प्रवेश
एक्सन खबर
काठमाडाैं । वीरगञ्ज महानगरपालिका वडा नम्बर-२१ परवानीपुरका अध्यक्ष हबिब मियाँ नेटुवा नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी नेपाली कांग्रेस परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् ।
०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित उनी सोमबार नेकपा एमालेमा प्रवेश गरेका हुन्। वडाअध्यक्ष मियाँलाई नेकपा एमाले पर्साका निर्वतमान अध्यक्ष एवं संविधान सभा सदस्य विचारी यादव, जिल्ला ईन्चार्ज प्रभु हजारा, प्रदेश कमिटी सदस्य बसरुद्दिन अन्सारी, वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलगायतले माला र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
पछिल्लाे समय एमालेले मधेश प्रदेशमा बहुमत जुटाउन विशेष याेजना बनाएर चुनाबी प्रचारप्रसार गरिरहेकाे छ । बारा, पर्सा, धनुषा, महाेत्तरी, सर्लाही लगायत मधेशका जिल्लाहरूमा कांग्रेस, समाजवादी लगायतका दलहरू त्यागेर एमालेमा प्रवेश गर्नेहरू बढेका छन् ।
0 प्रतिकृया