Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


उम्मेदवार छनोटमा केन्द्रको हस्तक्षेप र गभर्नर प्रकरणमा डा. शेखरको आपत्ति

एक्सन खबर
चैत, ३०, २०७८


उम्मेदवार छनोटमा केन्द्रको हस्तक्षेप र गभर्नर प्रकरणमा डा. शेखरको आपत्ति

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाले आसन्न स्थानीय तह निर्वाचनका उम्मेदवार छनोटमा केन्द्रको हस्तक्षेप भएको भन्दै आपत्ति जनाएका छन् ।

नयाँ वर्षको अवसरमा मंगलबार नेपाल निजामती कर्मचारी युनियनले गरेको शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नै निर्णय र निर्देशन अवज्ञा गरेर केन्द्रबाट उम्मेदवार छनौटमा हस्तक्षेप भएको बताए ।

स्थानीय, जिल्ला र क्षेत्रबाटै उम्मेदवार छनोट गर्ने र आवश्यकता र औचित्यका आधारमा चुनावी तालमेल गर्न स्थानीय तहलाई भनिएको भए पनि अहिले केन्द्रबाट उम्मेदवार छनौटमा हस्तक्षेप भएको भन्दै उनले आपत्ति जनाए । संयम र धैर्यताकासाथ अघि बढ्न कांग्रेस नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे ।

नेता कोइरालाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारी निर्णप्रति पनि आपत्ति जनाए । देशको अर्थतन्त्र ओरालो लागेका बेला गभर्नर निलम्बनले झन् ओरालो लाग्ने उनको भनाइ छ । ‘अर्थतन्त्र ओरालो लागेका बेलामा गभर्नरसँग तालमेल मिलेन भनेर, गभर्नरले आफ्नो कुरा सुनेन भनेर निलम्बन गर्नु एकदम गैरजिम्मेवार हो ।’  काेइरालाले भने ।

अर्थमन्त्री र राष्ट्र बैंकको गभर्नरबीच संसारभरि खटपट हुने उदाहरण दिँदै तालमेल मिलेन भन्दै निलम्बन गर्ने निर्णयलाई विश्व बैंकदेखि दातृ निकायले पनि सुक्ष्म तरिकाले हेरिरहेको कोइरालाको भनाइ छ ।

गत २५ चैतको मन्त्रिपरिषद बैठकले गभर्नरलाई निलम्बन गरी छानबिनको दायरामा राखेकाेमा कांग्रेस नेताद्वय गोविन्दराज पोखरेल र मिनेन्द्र रिजालले पनि आपत्ति जनाए ।














0 प्रतिकृया