साविक विजेतासँग पराजित भएपनि रियल अन्तिम चारमा
एक्सन खबर
काठमाडौं । यूइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाईनलको दोस्रो लेगमा रियल मड्रिड साविक विजेता चेल्सीसँग पराजित भएपनी सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति घरेलु मैदानमा ३-२ अन्तरले रियल पराजित भएपनी समग्रमा ५-४ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो ।
पहिलो लेगमा चेल्सी घरेलु मैदानमा ३-१ अन्तरले पराजित हुनु नै अन्तिम आठबाट बाहिरिनु पर्यो । चेल्सीले लगातार तीन गोल गर्दै खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । तर त्यसलाई जोगाउन भने सकेन । रियलको लागि करिम बेन्जेमा र रोड्रीगोले निर्धारित ९० मिनेट र थप गरिएकाे अतिरिक्त समयमा गोल गरे ।
१५औं मिनेटमा मिसन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ५१औं मिनेटमा रुडिगरले गोल गर्दा चेल्सी २-० अन्तरले अग्रता बनायो । टिमो बार्नरले ७५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई ३-० को अग्रता दिलाएका थिए ।
अर्को लेगमा बायर्न म्युनिख स्पेनिस क्लब भिल्लारियलसँग बराबरी खेलेसँगै भिल्लारियल सेमिफाइनलमा प्रवेश गरेको छ ।
0 प्रतिकृया