Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


भिल्लारियल १६ वर्षपछि सेमिफाइनलमा

एक्सन खबर
चैत, ३०, २०७८


भिल्लारियल १६ वर्षपछि सेमिफाइनलमा

काठमाडौं । जर्मन महारथी क्लब बायर्न म्युनिखलाई दोस्रो लेगमा १-१ गोलको बराबरीमा रोक्दै स्पेनिस क्लब भिल्लारियल १६ वर्षपछि युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति १-१ को बराबरीमा खेल सकिए पनि पहिलो लेगमा भिल्लारियलले बायर्नलाई १-० अन्तरले पराजित गरेको थियो । समग्रमा भिल्लारियल २-१ अन्तरले विजयी भयो ।

योसँगै ६ पटकको च्याम्पियन बायर्न प्रतियोगिताबाट बाहिरिएको छ ।

दोस्रो लेगमा खेल पूरा आफ्नो पकडमा राखेपनी बायर्न सफल हुन सकेन । खेलकाे ५२ औ मिनेटमा रोबर्ट लेवास्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए ।

तर, भ्रमणकारी टोलीका स्यामुअल चुक्केजेले खेल सकिन दुई मिनेट अघि गोल गर्दा बायर्न स्तब्ध भयो । सेमिफाइनलमा  भिल्लारियलले बेन्फिका र लिभरपुलबीचको विजेतासँग खेल्नेछ ।
 
मंगलबार नै भएको अर्को खेलमा  रियल मड्रिड क्लब चेल्सीसँग ३-२ अन्तरले पराजित भएपनि सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा रियल पराजित भएपनि समग्रमा ५-४ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

पहिलो लेगमा चेल्सी घरेलु मैदानमा ३-१ अन्तरले पराजित हुनु नै अन्तिम आठबाट बाहिरिनु परेकाे  छ ।















0 प्रतिकृया