Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


पथरीमा नोबेलको स्वास्थ्य शिविरबाट सात सय बिरामी लाभान्वित

एक्सन खबर
बैशाख, १, २०७९


पथरीमा नोबेलको स्वास्थ्य शिविरबाट सात सय बिरामी लाभान्वित

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–३ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएकोमा सात सय बिरामी लाभान्वित भएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको कागेश्वरी मनोहरास्थित कायरा पोलिक्लिनिकको सहकार्यमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा ७५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १६९ जनाको रक्त परीक्षण, १५३ जनाको भिडियो एक्सरे र १२१ जनाको मुटुको जाँच (ईसीजी) गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका २५ जनाको दाँत उखेलिएको छ । शिविरमा बिरामीको स्वास्थ्य परीक्षण पश्चात रोग तथा समस्याका आधारमा उनीहरुलाई निःशुल्क औषधीसमेत वितरण गरिएको आयोजकले जनाएको छ















0 प्रतिकृया