विरगञ्जमा नेपाली कांग्रेसका नेता आलम सहित एक दर्जन एमालेमा प्रवेश
एक्सन खबर
पर्सा । मधेश प्रदेशकाे वीरगंज महानगरपालिकामा नेकपा एमालेमा प्रवेश गर्नेहरूकाे संख्या दिन प्रतिदिन बढ्दाे छ । यसैक्रममा विरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका नेपाली काँग्रेसका नेता असाहाब आलमको नेतृत्वमा एक दर्जन भन्दा नेताहरु एमालेमा प्रवेश गरेका छन् ।
तिन पटक वडा अध्यक्ष भईसकेका आलमको नेतृत्वमा काँग्रेसका क्षेत्रिय प्रतिनिधि महबुब अलि, प्रभु साह कानु, भिम चौरसिया बुथ उपसभापति मुस्ताक अहमद ठकुराई, अरसद अलि तथा जसपाबाट निर्वाचित वडा नम्बर २ का वडा सदस्य मुस्तुफा आलम नेकपा एमालेमा समाहित भए ।
उनीहरूलाई एमालेका केन्द्रिय सदस्य तथा पर्सा ईन्चार्ज प्रभु हजरा, प्रदेश कमिटी सदस्य एवं संबिधान सभाका सदस्य बिचारी यादव, एमाले नेता बसरुदिन अंसारी, वीरगंजका मेयर बिजय सरावगी लगायतकाले पार्टीमा प्रवेश गराएका थिए ।
यस्तैगरी, लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता अशोक साह कानु पनि नेकपा एमालेमा प्रवेश गरेका छन् । लोसपा वडा नम्बर १० का ईकाई कमिटी अध्यक्ष समेत रहेका कानु एमाले नगर कमिटीको बैठकमा एमाले प्रवेश गरेका हुन् ।
नेकपा एमाले वीरगंज महानगरपालिका वडा नम्बर १० का प्रत्यासी एवं समाजसेवी अजय कुमार गुप्ताको पहलमा कानु एमालेमा प्रवेश गरेका हुन् । कानुलाई एमालेका पर्सा ईन्चार्ज प्रभु हजरा, जिल्ला अध्यक्ष जयप्रकाश थारु, प्रदेश कमिटी सदस्य बिचारी यादव, बसरुदिन अंसारी, नगर अध्यक्ष राजिन्द्र यादव, उपाध्यक्ष महेश दास, सचिव सुन्दर कुर्मी लगायतका नेताहरुले पार्टी प्रवेश गराएका थिए ।
0 प्रतिकृया