Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


मधेश प्रदेशमा लोसपासँग एमालेले गठबन्धन गर्ने सम्भावना

एक्सन खबर
बैशाख, २, २०७९


मधेश प्रदेशमा लोसपासँग एमालेले गठबन्धन गर्ने सम्भावना

विशाल बस्नेत
महोत्तरी । नेकपा एमाले मधेश प्रदेशले लोसपासँग गठबन्धनको लागी आन्तरिक संवाद भइरहेको बताएको छ । आन्तरिक छलफलका क्रममा लोसपासँग गठबन्धनको सम्भावना बढेको मधेश प्रदेश नेकपा एमालेले जनाएको छ ।

सकेसम्म सत्तारुढ गठबन्धन दलसँग एक्लै लड्ने यदि गठबन्धन गर्नुपरेमा लोसपासँग गर्न सक्ने मधेश प्रदेशकी नेतृ तथा प्रदेशसभा सदस्य शारदादेवी थापाले बताइन् ।

सोमबार बर्दिबासमा बसेको बैठकले प्रदेश कमिटीलाई पूर्णता दिँदै शपथग्रहणसमेत गराएको छ । पालिकाको काम बाँडफाँडका लागि निर्वाचन समिति तय गरेको बैठकमा सहभागी एक जना नेताले जानकारी दिए ।

प्रदेश कमिटीमा रिक्त रहेका झण्डै २१ जना सदस्य मनोनीत गरेको छ भने निर्वाचन सम्बन्धी कार्य योजना बनाएर निर्वाचन परिचालन समितिसमेत गठन गरेको छ । लोसपासँग गठबन्धन हुन नसके नेकपा एमाले सत्तारुढ दलसँग एक्लै लड्ने नेकपा एमालेकी नेतृ शारदादेवी थापाको भनाइ छ ।

नेकपा एमालेबाट टुक्रिएर नेकपा एस बनेपछि नेकपा एमाले पनि मधेश प्रदेशमा कमजोर देखिएको छ । माधव नेपालको नेतृत्वमा नेकपा एस बनेपछि ७ वटै प्रदेशमा नेकपा एमाले सरकारबाट समेत बाहिरिएको थियो ।

मधेश प्रदेशमा नेकपा एमाले अल्पमतमा परेपछि माधव नेपाल नेतृत्वको नेकपा एस सरकारमा सहभागी समेत बन्यो । धेरैजसो जनप्रतिनिधिहरू नै नेकपा एसको पक्षमा सनाखत गरेपछि गठबन्धनको मोडालिटीमा एमालेले जितेका पालिका आफ्नो भागमा हुनुपर्ने माधव पक्षधरले दाबी गर्दै आएको छ ।

गठबन्धन गर्नैपर्ने शीर्ष नेताहरूमा छलफल भएपछि सत्ताघटक ५ दल भने गठबन्धनको मोडालिटी बनाउनमा नै व्यस्त बनेको छन् ।

सोमवार बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि सत्तारुढ दलहरूले ३ र ४ वैशाखलाई ४/४ जिल्लाको छुट्टाछुट्टै बैठक बस्ने निर्णय गरेको छ ।

एकातिर निर्धारित समयमा उम्मेदवार टुङ्ग्याउनु पर्ने र अर्कोतिर गठबन्धनभित्र उठेका विवादलाई मथर बनाउन गठबन्धन दलहरूलाई निक्कै कसरत गर्नुपरेको छ ।

यता गठबन्धन इतर दलहरू पनि चुनावी तालमेलको खोजीमा छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लोसपासँग  तालमेलको प्रयासमा छ भने सत्तारुढ दल जसपा भने गठबन्धनभित्रै आश्रय खोजिरहेको देखिन्छ ।

माधव नेपाल पक्षधर भागबण्डामा स्पष्ट वटमलाइनमा अडिग रहेको छ । नेकपा एमालेलाई पनि सत्ताघटक दलको चुनावी तालमेलले निक्कै भारी पर्ने देखिएको छ ।

त्यसैले पनि नेकपा एमाले मधेश प्रदेशले लोसपासँग गठबन्धनको साझेदारी खोजिरहेको छ । लोसपा महोत्तरीका अध्यक्ष रामबाबु साहको अनुसार जरुरत भएको ठाउँमा बिचार मिल्ने दलसँग गठबन्धन हुन सक्ने बताउँछ्न् ।













0 प्रतिकृया