भेडेटारमुनी बस र टेम्पाे जुध्दा एककाे मृत्यु
एक्सन खबर
धरान ।धरान–धनकुटा सडक खण्डकाे भेडेटार मुनी बसले अटोलाई ठक्कर दिदा अटो चालकको मृत्यु भएको छ भने एक महिला गम्भिर घाइते भएकी छिन् ।
शुक्रबार विहान करिब ७:४० बजे को समयमा धरानबाट धनकुटा तर्फ जाँदै गरेको को १ ख ४४८० नम्बरको बस र को २ ह ७०४१ नम्बरको अटो एक आपसमा जुध्दा अटो चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुने टेम्पो चालकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
0 प्रतिकृया