Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


भेट्रान फुटवलमा लेटाङकाे विजयी सुरूवात

एक्सन खबर
बैशाख, ३, २०७९


भेट्रान फुटवलमा लेटाङकाे विजयी सुरूवात

सुनसरी । हाम्रो धरान भेट्रान फुटबल क्लबको आयोजनामा आजबाट सुरु भएको भेट्रान कप फुटबल प्रतियोगिताको उद्घाटनसँगै पहिलो खेलमा बिराटनगर भेट्रान फुटबल क्लबलाई लेटाङ भेट्रान फुटबल क्लबले ३/२ गोल अन्तरले पराजित गर्दै बिजयी सुरुवात गरेको छ ।

धरानस्थित प्रस्तावित क्षेत्रीय रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा लेटाङकाे तर्फबाट  प्रकाश थापाले २ गोल गरे भने भुवन सिंह राईले १ गोल गरेका थिए । सोही खेलमा आफुहरु जित निकाल्न सफल नभएपनि  बिराटनगरको तर्फबाट प्रकाशचन्द्र राई र बिजय राईले १/१ गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच लेटाङका बिमल गुरुङ घोषित  हुँदै नगद १५ सय प्राप्त  गरे । त्यस्तै आजै दिउसो भएको दोस्रो खेलमा दुधे भेट्रान शिबसतासि झापा बिजय बनेको छ । झापाले जनता भेट्रान फुटबल क्लबलाई 0 का विरुद्ध १ गोलले हराएको हो गर्दै  बिजय बनेको छ ।

दुधे भेट्रानको तर्फबाट भिम सिटौलाले एक मात्र गोल गरेका थिए । सोहि गोल नै झापाको जितको लागि प्रयाप्त बनेको थियो ।  उता जनता भेट्रान ईटहरीले खेलमा पेनाल्टीको मौका पाउँदा समेत कुनै गोल गर्न नसक्दा आफ्नो खेल गुमायाे । उक्त खेलको म्यान अफ द म्याच दुधे भेट्रान फुटबल क्लबका मनोज नाल्बो घोषित हुँदै नगद १५ सय प्राप्त गरे ।  

भोलिको पहिले खेल आयोजक हाम्रो धरान भेट्रान फुटबल क्लबका विरुद्ध डाडा बजार भेट्रान फुटबल क्लब धनकुटा  र दोश्रो खेल दमक लखनपुर भेट्रान फुटबल क्लब विरुद्ध भरौल भेट्रान फुटबल क्लब बराहक्षेत्र सुनसरी बीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता बिजेताले नगद ८० हजार तथा उपबिजेताले नगद ४० हजार सगै ट्रफि मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।













0 प्रतिकृया